काठमाडौं। नेपालमा लकडाउनको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३४ अन्तर्राष्ट्रिय उडान भएका छन्।
बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत भएको विमानस्थलले जनाएको छ।
यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन्।
विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बन्दाबन्दीको अवधि ११ चैतदेखि १२ असारसम्म कार्गो र चार्टर्ड गरी २३४ अन्तर्राष्ट्रिय उडान भएका हुन्।
यी उडानबाट ११ हजार २८२ यात्रु र ३३ बच्चा नेपाल आएका छन् भने नेपालबाट १३ हजार १०३ यात्रु तथा २५६ बच्चा बाहिरिएका छन्। यो अवधिमा विभिन्न मुलुकबाट चार लाख ९२ कार्गो नेपाल आएको छ।
नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको जनाइएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले मात्रै कार्गो चार्टर्ड र यात्रु चार्टर्ड गरी ५१ उडान गरेको छ। निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमको २८ चार्टर्ड तथा सरकारको समन्यवमा विभिन्न मुलुकबाट नेपाली फर्काउन मात्रै २३ उडान भएका छन्।
कोभिड-१९ महामारी नियन्त्रण गर्न सरकारले बन्दाबन्दी लागू गरेको तीन महिनाको अवधिमा नेपाली एअरलाइन्सको तर्फबाट यो सबैभन्दा बढी अन्तर्राष्ट्रिय उडान हो।
यो आजसम्मको पूर्वनिर्धारित उडान हो। जुलाई महिनामा चार्टर्ड उडानको पुनःनयाँ उडान तालिका आउने निगमले उल्लेख गरेको छ। निगमपछि हिमालय एअरलाइन्सले धेरै अन्तर्राष्ट्रिय उडान गरेको छ।
अन्तर्राष्ट्रिय एअरलाइन्समा कतार एअरवेजले सर्वाधिक उडान गरेको छ। जजीरा, टर्किस, एअर अरेबिया, कोरियनलगायत एअरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गरेका छन्।
बन्दाबन्दीको असाधारण परिस्थितिमा निगमले एकैदिन आठ अन्तर्राष्ट्रिय उडान गरेको छ।

निगमले कोभिडको त्रास माझ शुक्रबार (जुन २६ तारिख) मात्रै आठ अन्तर्राष्ट्रिय उडान गरेको जनाएको छ।
निगमको अपरेशन विभागका अनुसार निगमका दुई वाइड बडी र दुई न्यारो बडी जहाजले बन्दाबन्दीको अवधिमा शुक्रबार सबैभन्दा धेरै आठ उडान गरेका छन्।
निगमको न्यारो बडी एअरबस ए ३२० जहाजले बहराइनमा दुई, हङकङ दुई र मलेसियाको क्वालालम्पुरमा एक उडान गरेको छ।
त्यस्तै वाइडबडी ए ३३० जहाजले क्वालालम्पुरमा दुई र साउदी अरेबियाको रियादमा एक उडान गरेको छ।
असारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरन्तर अन्तर्राष्ट्रिय उडान भइरहेको छ।
असार महिनाको शुरूदेखिनै विभिन्न मुलुकबाट अलपत्र नेपाली धमाधम चार्टर्ड उडानमार्फत् स्वदेश फर्किरहेका छन्।
असारको पहिलो सातादेखि दैनिक १० देखि १६ अन्तर्राष्ट्रिय उडान भएको छ।
शुक्रबार मात्रै १६ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ।

बन्दाबन्दीमा गत चैत १९ निगमले सबैभन्दा लामो गन्तव्य अष्ट्रेलियाको ब्रिश्बेन र वैशाख २४ गते सिड्नीमा चार्टर्ड उडान गरेको थियो।
पछिल्लोपटक निगमको वाइडबडी जहाजले जेठ २६ मा अष्ट्रेलियाको राजधानी क्यानबेरामा चार्टर्ड उडान गरेको थियो।
मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै करिब १२ देखि १३ घण्टाको उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो। अहिले विदेशमा अलपत्र नेपाली ल्याउने क्रममा निगमको वाइड बडी जहाजले केही दिनअघि सिड्नी र आज क्यानबेराबाट नेपाली ल्याएको छ।
गत चैत १० देखि नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै एअरलाइन्सको उडान स्थगन गरिएको छ। आन्तरिकतर्फ पनि उडान हाललाई स्थगित छ।
पछिल्लोपटक असारको अन्तिम सातासम्म उडान प्रतिबन्ध कायम गरिएको छ। अहिले कूटनीतिक माध्यमबाट मात्रै चार्टर्ड उडान हुन्छ। पछिल्लो पटक सरकारले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेको छ।
चैत ११ देखि जेठ ३२ सम्म सरकारले देशभर लकडाउन गरेको थियो। असार १ देखि बन्दाबन्दी केही खुकुलो बनाइएको छ। अत्यावश्यक कार्यालय, उद्योग, कलकारखाना तथा बजार मात्र खुकुलो बनाइएको छ।
आगामी जुलाई ८ देखि शान्ति सेना लैजान र उताबाट ल्याउन दुईतर्फी चार्टर्ड उडानको तयारी भएको निगम उच्च स्रोतले जानकारी दिएको छ।
यस्तो व्यवस्था असार २१ सम्मका लागि हो। त्यसपछि परिस्थिति हेरेर निर्णय हुने जनाइएको छ।
निगमले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रहेका विभिन्न मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ।

निगमका वाइडबडी जहाजले कङ्गो, सुडानलगायत यूएनमिसन भएका मुलुकमा चार्टर्ड उडान गर्ने तयारी भएको हो।
यसैबीच निगमले कोभिड महामारीको विषम परिस्थितिलाई ध्यानमा राखी सेवामा खटिने सबै कर्मचारीको बीमा गरेको छ।
कोभिड महामारीका बीच सञ्चालन भैरहेको अवस्थामा निगमका सबै कर्मचारीलाई कोरोनाको बीमाको व्यवस्था मिलाइएको निगमले उल्लेख गरेको छ।
निगममा करिब एक हजार ५०० कर्मचारी कार्यरत छन्।
निगमले अन्तरराष्ट्रियतर्फ दुई वाइड बडी र दुई न्यारोबडी जहाज तथा आन्तरिकतर्फ ९ जहाजले उडान भर्दै आएको छ। रासस
" /> काठमाडौं। नेपालमा लकडाउनको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३४ अन्तर्राष्ट्रिय उडान भएका छन्।बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत भएको विमानस्थलले जनाएको छ।

">