रामपुर। पाल्पाको रामपुर नगरपालिकाले कृषकलाई बाँदर भगाउने उपकरण उपलब्ध गराएको छ। बाँदर आतङ्क बढी देखिएका १, ३, ४, ५ र ७ वडाका ५० कृषकलाई उक्त उपकरण प्रदान गरिएको हो।

नगरपालिकाले पहिलो चरणमा ५० वटा उपकरण वितरण गरिसकेको र पुनः ५० वटा खरिद गरेर आवश्यक ठाउँमा वितरण गरिने नगरप्रमुख रमणबहादुर थापाले बताए। उक्त उपकरण रामपुरका स्थानीय युवा जायश्वर पाण्डेय र तीर्थराज पाण्डेयले तयार पारेका हुन्।

पीभीसी पाइप जोडेर तयार गरिएको उपकरण परीक्षण गर्दा सफल भएपछि कृषकलाई उपलब्ध गराइएको हो। उक्त उपकरणमा केरा तथा विभिन्न फलफूल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बोहाईड’ र पानीको मिश्रण राखेर पछाडिबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने निर्माणकर्ता जायश्वर पाण्डेय बताउँछन्।

बाँदर भगाउने उपकरणसँगै केही ‘क्याल्सियम कार्बोहाईड’ र ग्यास लाइटर पनि प्रदान गरिएको छ। सो यन्त्रको मूल्य तीन हजार ५०० रहेको छ। जिल्लाका रम्भा, निस्दी, माथागढी, बगनासकाली, पूर्वखोला गाउँपालिका क्षेत्रमा पनि बाँदर आतङ्क बढ्दो छ। रासस

" /> रामपुर। पाल्पाको रामपुर नगरपालिकाले कृषकलाई बाँदर भगाउने उपकरण उपलब्ध गराएको छ। बाँदर आतङ्क बढी देखिएका १, ३, ४, ५ र ७ वडाका ५० कृषकलाई उक्त उपकरण प्रदान गरिएको हो।

नगरपालिकाले पहिलो चरणमा ५० वटा उपकरण वितरण गरिसकेको र पुनः ५० वटा खरिद गरेर आवश्यक ठाउँमा वितरण गरिने नगरप्रमुख रमणबहादुर थापाले बताए। उक्त उपकरण रामपुरका स्थानीय युवा जायश्वर पाण्डेय र तीर्थराज पाण्डेयले तयार पारेका हुन्।

पीभीसी पाइप जोडेर तयार गरिएको उपकरण परीक्षण गर्दा सफल भएपछि कृषकलाई उपलब्ध गराइएको हो। उक्त उपकरणमा केरा तथा विभिन्न फलफूल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बोहाईड’ र पानीको मिश्रण राखेर पछाडिबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने निर्माणकर्ता जायश्वर पाण्डेय बताउँछन्।

बाँदर भगाउने उपकरणसँगै केही ‘क्याल्सियम कार्बोहाईड’ र ग्यास लाइटर पनि प्रदान गरिएको छ। सो यन्त्रको मूल्य तीन हजार ५०० रहेको छ। जिल्लाका रम्भा, निस्दी, माथागढी, बगनासकाली, पूर्वखोला गाउँपालिका क्षेत्रमा पनि बाँदर आतङ्क बढ्दो छ। रासस

"> रामपुरका कृषकलाई बाँदर भगाउने उपकरण प्रदान: Dekhapadhi रामपुर नगरपालिकाद्वारा कृषकलाई १०० थान उपकरण वितरण
• पाल्पाका रम्भा, निस्दी, माथागढी, बगनासकाली, पूर्वखोला गाउँपालिका क्षेत्रमा पनि बाँदर आतङ्क बढ्दो

रामपुरका कृषकलाई बाँदर भगाउने उपकरण प्रदान
रामपुर। पाल्पाको रामपुर नगरपालिकाले कृषकलाई बाँदर भगाउने उपकरण उपलब्ध गराएको छ। बाँदर आतङ्क बढी देखिएका १, ३, ४, ५ र ७ वडाका ५० कृषकलाई उक्त उपकरण प्रदान गरिएको हो।

नगरपालिकाले पहिलो चरणमा ५० वटा उपकरण वितरण गरिसकेको र पुनः ५० वटा खरिद गरेर आवश्यक ठाउँमा वितरण गरिने नगरप्रमुख रमणबहादुर थापाले बताए। उक्त उपकरण रामपुरका स्थानीय युवा जायश्वर पाण्डेय र तीर्थराज पाण्डेयले तयार पारेका हुन्।

पीभीसी पाइप जोडेर तयार गरिएको उपकरण परीक्षण गर्दा सफल भएपछि कृषकलाई उपलब्ध गराइएको हो। उक्त उपकरणमा केरा तथा विभिन्न फलफूल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बोहाईड’ र पानीको मिश्रण राखेर पछाडिबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने निर्माणकर्ता जायश्वर पाण्डेय बताउँछन्।

बाँदर भगाउने उपकरणसँगै केही ‘क्याल्सियम कार्बोहाईड’ र ग्यास लाइटर पनि प्रदान गरिएको छ। सो यन्त्रको मूल्य तीन हजार ५०० रहेको छ। जिल्लाका रम्भा, निस्दी, माथागढी, बगनासकाली, पूर्वखोला गाउँपालिका क्षेत्रमा पनि बाँदर आतङ्क बढ्दो छ। रासस

प्रतिक्रिया दिनुहोस्