बर्दियामा चार र बाँकेमा दुई जना कोरोना संक्रमित थपिए

काठमाडौं। बर्दियामा चार र बाँकेमा दुई जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको हो।

संक्रमिमध्ये बर्दियाको ठाकुरबाबा–३ का ३५ वर्षीया महिला, मधुवन–५ का २५ र ३३ वर्षीय पुरुष, गेरुवा–२ का ३५ वर्षीय पुरुष रहेका छन्।

यसैगरी, बाँकेको राप्तीसोनारी–८ का २५ वर्षीय पुरुष र कोहलपुर–८ का ३५ वर्षीय पुरुष रहेका भेरी अस्पतालले जनाएको छ।