काठमाडाैं। अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाउने घाेषणा गरेकाे छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले हङकङकाे स्वतन्त्रता हनन् गर्न जिम्मेवार रहेकाले चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूलाई भिसा प्रतिबन्ध लगाइने बताएका हुन्। पोम्पीओले 'वर्तमान र भूतपूर्व' पार्टी अधिकारीहरूलाई लक्षित गरी यो प्रतिबन्ध लागू गरिने बताए।
यो कदम हङकङको स्वायत्तता समाप्त पार्न सक्ने प्रस्तावित सुरक्षा कानुनकाे बदलामा बेइजिङलाई सजाय दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबद्धताअनुरूप चालिएकाे बताइएकाे छ।
चीनले भने अमेरिकाकाे उक्त निर्णय गलत भएकाेले त्यसलाई फिर्ता लिनुपर्ने बताएकाे छ।
अमेरिकाकाे यो निर्णय चीनको संसद् बैठकभन्दा ठीक केही दिनअघि आएकाे हाे। भाेलि आइतबारदेखि सुरू हुने नेशनल पिपुल्स कंग्रेसको स्थायी समिति बैठकमा नयाँ कानुनको बारेमा छलफल हुनेछ।
चीनले हङकङकाे लागि नयाँ सुरक्षा कानुनको प्रस्ताव गरेको छ। यस्तै चीनले पहिलोपटक यस क्षेत्रमा आफ्नो सुरक्षा एजेन्सीहरू स्थापना गरेको पनि देखिन्छ।
चीनले हङकङमाथि लागू गर्न प्रस्ताव गरिएकाे नयाँ कानुनप्रति अमेरिकाले विराेध जनाउँदै आएकाे छ। अमेरिकाले हङकङकाे स्वतन्त्रता हनन् हुने चिनियाँ कदम सैह्य नहुने बताउँदै आएकाे छ।
यता, चीनले भने हङकङ आफ्नाे भूमि भएकाेले बाहिरी चासाे अनावश्यक रहेकाे बताएकाे छ। हङकङकाे मुद्दा चीनकाे आन्तरिक मामिला भएकाे उल्लेख गर्दै चीनले आफ्नाे मुलुककाे सार्वभाैमिकता रक्षाका लागि आवश्यक कदम चालिने प्रष्ट पारेकाे छ। बीबीसी
" /> काठमाडाैं। अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाउने घाेषणा गरेकाे छ।अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले हङकङकाे स्वतन्त्रता हनन् गर्न जिम्मेवार रहेकाले चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूलाई भिसा प्रतिबन्ध लगाइने बताएका हुन्। पोम्पीओले 'वर्तमान र भूतपूर्व' पार्टी अधिकारीहरूलाई लक्षित गरी यो प्रतिबन्ध लागू गरिने बताए।

">