भरतपुर अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु
<p>कैलाली। कैलालीका कोरोना संक्रमित एक पुरुषको चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।</p>
<p>हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो।</p>
<p>असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो। उनी फोक्सोको क्यान्सरका बिरामी रहेको बुझिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
