काठमाडौं। अमेरिकामा आउँदो नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार पूर्वउपराष्ट्रपति जो वाइडन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग असन्तुष्ट रहेका छन्। कश्मिर, भारतको नागरिकता संशोधन कानून (सीएए), नेशनस रजिस्टार अफ सिटिजन (एनआरसी) लगायतका मुद्दामा मोदी सरकारले गरेका कार्यप्रति उनी असन्तुष्ट रहेको जनाइएको छ।
वाइडनले कश्मिरमा सबै प्रकारका अधिकारहरू बहाल हुनुपर्ने बताउँदै आएका छन्। “भारतमा धर्म निरपेक्षता लोकतन्त्रको पुरानो परम्परा हो। यस्तोमा सरकारले अहिले गरेको फैसला ठीक उल्टो छ,” वाइडनको निर्वाचन अभियान वेबसाइटमा प्रकाशित पोलिसी पेपरमा उल्लेख छ। भारतमा मोदी हिन्दु धर्मलाई च्याप्दै अन्य धर्मलाई दबाउने कार्यमा अघि बढेको आशय उनले व्यक्त गरेका बीबीसीले उल्लेख गरेको छ।
“मुस्लिम बाहूल्यता रहेको देश वा जुन देशमा मुम्लिम जनसंख्या उल्लेख्य छ त्यहाँ जे भइरहेको छ त्यसलाई लिएर अमेरिकी मुसलमान चिन्तित छन्। म उनीहरूको दुःख बुझ्न सक्छु”, उनले भनेका छन्। पोलिसी पेपरमा उनले स्पष्ट रूपमा कश्मिरका सम्बन्धमा पनि आफ्नो धारणा राखेका छन्। वाइडनले भनेका छन्, “कश्मिरका जनताको अधिकार फर्काउन कुनै पनि कदम चाल्न भारत पछि हट्नु हुँदैन। शान्तिपूर्ण प्रदर्शन रोक्नु, इन्टरनेट बन्द गर्नु, असहमतिलाई प्रतिबन्ध गर्नु लोकतन्त्रलाई कमजोर बनाउनु हो।”
वाइडनले आसमको नागरिकता संशोधन कानूनलाई लिएर पनि निराशा व्यक्त गरेका छन्। “भारत सरकारको यो कदम धर्म निरपेक्षता, बहूजाती तथा धर्म र धार्मिक स्वतन्त्रको पुरानो परम्पराविरुद्ध छ”, उनले भनेका छन्।
" /> काठमाडौं। अमेरिकामा आउँदो नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार पूर्वउपराष्ट्रपति जो वाइडन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग असन्तुष्ट रहेका छन्। कश्मिर, भारतको नागरिकता संशोधन कानून (सीएए), नेशनस रजिस्टार अफ सिटिजन (एनआरसी) लगायतका मुद्दामा मोदी सरकारले गरेका कार्यप्रति उनी असन्तुष्ट रहेको जनाइएको छ।वाइडनले कश्मिरमा सबै प्रकारका अधिकारहरू बहाल हुनुपर्ने बताउँदै आएका छन्। “भारतमा धर्म निरपेक्षता लोकतन्त्रको पुरानो परम्परा हो। यस्तोमा सरकारले अहिले गरेको फैसला ठीक उल्टो छ,” वाइडनको निर्वाचन अभियान वेबसाइटमा प्रकाशित पोलिसी पेपरमा उल्लेख छ। भारतमा मोदी हिन्दु धर्मलाई च्याप्दै अन्य धर्मलाई दबाउने कार्यमा अघि बढेको आशय उनले व्यक्त गरेका बीबीसीले उल्लेख गरेको छ।

">