सुर्खेत। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ। हिजो २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको जानकारी अनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआरमा सुर्खेतका १२, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोटका दुई र मुगुका एक गरी २३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको हो।
सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ११ र बराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यान शारदा नगरपालिकाका तीन, जाजरकोट शिवालय गाउँपालिकाका दुई र मुगु छायाँनाथ नगरपालिकाका एक जना गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए।
त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पीसीआर परीक्षणमा काठमाडौं टोखा नगरपालिकाका एक, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका एक र जुम्ला सिञ्जा गाउँपालिकाका एक गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखा प्रमुख डा. तिवारीले बताए। रासस
" /> सुर्खेत। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ। हिजो २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो।कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको जानकारी अनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआरमा सुर्खेतका १२, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोटका दुई र मुगुका एक गरी २३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको हो।

">