काठमाडौं। पछिल्ला दिनमा जसरी नै आज पनि कोरोना संक्रमित थपिए अबको चौबिस घण्टामा विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्ने छ। यसरी नै मृत्यु हुनेको संख्यामा वृद्धि भए आज नै कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघ्ने देखिन्छ। पछिल्ला दिन विश्वमा दैनिक डेढ लाख भन्दा बढी संक्रमित थपिँदै आएका छन्। यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि दैनिक पाँच हजारको हराहारीमा हुने गरेको छ।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार हिजोसम्म विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ९८ लाख ९८ हजार २१४ पुगेको छ। संक्रमित मध्ये चार लाख ९६ हजार ७७ जनाले ज्यान गुमाइसकेका छन्। हाल विश्वमा ४० लाख ५१ हजार २३३ जना कोरोना संक्रमित उपचारत छन्। उपचारतमध्ये ५७ हजार ६६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ३९ लाख ९३ हजार ५७१ जनाको अवस्था सामान्य रहेको छ।
विश्वमा पहिलोपटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसयता यो भाइरस फैलिएर विश्वका २१२ देश तथा क्षेत्रमा पुगेको छ। वल्डोमिटर्सका अनुसार विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म २५ लाख ५२ हजार ८३९ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख २७ हजार ६४० जनाको मृत्यु भइसकेको छ।
ब्राजिलमा १२ लाख ८० हजार ५४ जना कोरोना संक्रमित रहेकोमा ५६ हजार १०९ जनाको मृत्यु भइसकेको छ। रुसमा कोरोना संक्रमित ६ लाख २० हजार ७९४ जना रहेका छन्, जसमध्ये ८ हजार ७८१ जनाको मृत्यु भइसकेको छ। भारतमा कोरोना संक्रमितको संख्या पाँच लाख ९ हजार ४४६ पुगेको छ। यीमध्ये १५ हजार ६८९ जनाले ज्यान गुमाइसकेका छन्। बेलायतमा ३ लाख ९ हजार ३६० कोरोना संक्रमित रहेकोमा ४३ हजार ४१४ जनाको मृत्यु भइसकेको छ।
" /> काठमाडौं। पछिल्ला दिनमा जसरी नै आज पनि कोरोना संक्रमित थपिए अबको चौबिस घण्टामा विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्ने छ। यसरी नै मृत्यु हुनेको संख्यामा वृद्धि भए आज नै कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघ्ने देखिन्छ। पछिल्ला दिन विश्वमा दैनिक डेढ लाख भन्दा बढी संक्रमित थपिँदै आएका छन्। यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि दैनिक पाँच हजारको हराहारीमा हुने गरेको छ।वल्डोमिटर्सको तथ्याङ्क अनुसार हिजोसम्म विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ९८ लाख ९८ हजार २१४ पुगेको छ। संक्रमित मध्ये चार लाख ९६ हजार ७७ जनाले ज्यान गुमाइसकेका छन्। हाल विश्वमा ४० लाख ५१ हजार २३३ जना कोरोना संक्रमित उपचारत छन्। उपचारतमध्ये ५७ हजार ६६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ३९ लाख ९३ हजार ५७१ जनाको अवस्था सामान्य रहेको छ।

">