काठमाडाैं। नेपाल पत्रकार महासंघले नुवाकोटस्थित विदुर नगरपालिकाको निमन्त्रणामा सातौं नगरसभाको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई नगरपालिकाका प्रमुखले नगर सभाको समाचार संकलन गर्न नमिल्ने भन्दै रोक लगाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले आज विज्ञप्तिमार्फत यही असार १० गते नगरसभाको निमन्त्रणा पाएपछि समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई सभामा केही जनप्रतिनिधिहरूले नाराबाजी गरेर सभा अवरुद्ध गरेपछि नगरपालिकाका प्रमुखले ‘पत्रकारका कारण सभा अमर्यादित हुन सक्ने भएकाले ननिस्के जसरी पनि निकाल्ने’ भन्दै समाचार संकलनमा रोक लगाएको जनाएको छ।

स्थानीय तहको जिम्मेवार निकाय नगरपालिकाका प्रमुखबाट पत्रकारहरुलाई कार्यक्रममा बोलाएर उल्टै पत्रकारविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिँदै समाचार संकलनमा रोक लगाएको  घटना आफैँमा निन्दनीय र लज्जास्पद रहेको महासंघको ठहर छ।

यो घटनाले संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारमा आघात पुग्नुका साथै प्रेसको सम्मान र मर्यादामा समेत ठेस पुगेको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महासंघले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने यस्ता कार्य नियन्त्रणमा गम्भीर हुन सम्बन्धित निकायसँग माग गरेको छ। रासस

" /> काठमाडाैं। नेपाल पत्रकार महासंघले नुवाकोटस्थित विदुर नगरपालिकाको निमन्त्रणामा सातौं नगरसभाको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई नगरपालिकाका प्रमुखले नगर सभाको समाचार संकलन गर्न नमिल्ने भन्दै रोक लगाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले आज विज्ञप्तिमार्फत यही असार १० गते नगरसभाको निमन्त्रणा पाएपछि समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई सभामा केही जनप्रतिनिधिहरूले नाराबाजी गरेर सभा अवरुद्ध गरेपछि नगरपालिकाका प्रमुखले ‘पत्रकारका कारण सभा अमर्यादित हुन सक्ने भएकाले ननिस्के जसरी पनि निकाल्ने’ भन्दै समाचार संकलनमा रोक लगाएको जनाएको छ।

स्थानीय तहको जिम्मेवार निकाय नगरपालिकाका प्रमुखबाट पत्रकारहरुलाई कार्यक्रममा बोलाएर उल्टै पत्रकारविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिँदै समाचार संकलनमा रोक लगाएको  घटना आफैँमा निन्दनीय र लज्जास्पद रहेको महासंघको ठहर छ।

यो घटनाले संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारमा आघात पुग्नुका साथै प्रेसको सम्मान र मर्यादामा समेत ठेस पुगेको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महासंघले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने यस्ता कार्य नियन्त्रणमा गम्भीर हुन सम्बन्धित निकायसँग माग गरेको छ। रासस

"> समाचार संकलनमा रोक लगाइएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण: Dekhapadhi
समाचार संकलनमा रोक लगाइएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण
काठमाडाैं। नेपाल पत्रकार महासंघले नुवाकोटस्थित विदुर नगरपालिकाको निमन्त्रणामा सातौं नगरसभाको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई नगरपालिकाका प्रमुखले नगर सभाको समाचार संकलन गर्न नमिल्ने भन्दै रोक लगाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले आज विज्ञप्तिमार्फत यही असार १० गते नगरसभाको निमन्त्रणा पाएपछि समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई सभामा केही जनप्रतिनिधिहरूले नाराबाजी गरेर सभा अवरुद्ध गरेपछि नगरपालिकाका प्रमुखले ‘पत्रकारका कारण सभा अमर्यादित हुन सक्ने भएकाले ननिस्के जसरी पनि निकाल्ने’ भन्दै समाचार संकलनमा रोक लगाएको जनाएको छ।

स्थानीय तहको जिम्मेवार निकाय नगरपालिकाका प्रमुखबाट पत्रकारहरुलाई कार्यक्रममा बोलाएर उल्टै पत्रकारविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिँदै समाचार संकलनमा रोक लगाएको  घटना आफैँमा निन्दनीय र लज्जास्पद रहेको महासंघको ठहर छ।

यो घटनाले संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारमा आघात पुग्नुका साथै प्रेसको सम्मान र मर्यादामा समेत ठेस पुगेको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महासंघले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने यस्ता कार्य नियन्त्रणमा गम्भीर हुन सम्बन्धित निकायसँग माग गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्