काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित छाप गाउँ निवासी एक महिलाको सुनको रिङ लुटेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सूर्यविनायक बस्ने सिन्धुपाल्चोक बन्जेमाने गाउँपालिकाका ३९ वर्षे विशाल तामाङ र सिन्धुपाल्चोक चौतारा नगरपालिकास्थित स्याउले घर भएका ४८ वर्षका मंगल तामाङ रहेकाे केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
सोही नगरपालिकास्थित चिहानडाँडाको जंगलमा घाँस काट्न गएको बेला कानमा लगाएको सुनको रिङ लुटेर भागेका उनीहरूलाई काठमाडौंको शंखरापुर नगरपालिकास्थित सलम्बुटारमा पक्राउ गरिएको थियो।
स्थानीयवासीहरूले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।
उनीहरूबाट लुटिएको दुई थान रिङ र खुकुरी बरामद् गरिएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित छाप गाउँ निवासी एक महिलाको सुनको रिङ लुटेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सूर्यविनायक बस्ने सिन्धुपाल्चोक बन्जेमाने गाउँपालिकाका ३९ वर्षे विशाल तामाङ र सिन्धुपाल्चोक चौतारा नगरपालिकास्थित स्याउले घर भएका ४८ वर्षका मंगल तामाङ रहेकाे केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

">