कैलाली। सुदूरपश्चिम प्रदेशमा आज २२१ जनामा कोरोना पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा २२१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले जनाएको छ।
स्वास्थ्य महाशाखाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा १८६ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए।
योसँगै सुदूरपश्चिम प्रदेशमा आजसम्ममा एक हजार ८६२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।
जसमा कैलालीमा ५५१, कञ्चनपुरमा ३०४, डडेल्धुरामा २१९, डोटीमा २६२, अछाममा ११४, बाजुरामा १२८, बैतडीमा २०४, बझाङमा ६४ र दार्चुलामा १६ जना कोरोना संक्रमित रहेका छन ।
कोरोना पुष्टि भएकामध्ये ५१९ जना निको भएर डिस्चार्ज भएका छन् भने पाँचजनाको मृत्यु भइसकेको छ।
जसमा चारजनाको मृत्युपश्चात र एकजनाको उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज २२१ जनामा कोरोना पुष्टि भएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा २२१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले जनाएको छ।

">