काठमाडाैं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् बुलेटिन’ शुरू गरेको छ।
दिनभर कहाँकहाँ कस्ताकस्ता घटना भए, कहाँकहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ र कहाँ बढी पानी पर्छलगायतका जानकारी उक्त बुलेटिनबाट समावेश गरिने प्राधिकरणले जनाएको छ।
प्रारम्भिक चरणमा हरेक बिहान १० बजे पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने गरिएको र यसलाई अझै विस्तार गर्दै लगिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।
प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा चट्याङका कारण तीनजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
विभिन्न ठाउँमा भएको आगलागीमा परी तीनजना घाइते भएका छन्।
पछिल्लो २४ घण्टामा विपद्का १६ वटा घटना भएको पोखरेलले जानकारी दिए।
विपद् बुलेटिनमा प्राप्त विवरणअनुसार कोशी नारायणी र यसका सहायक नदीहरूमा पानीको बहाब बढ्नेछ।
कर्णाली र महाकालीमा पनि सामान्य उतारचढाव हुने, कन्काई, कमला, बागमती, राप्ती, बबईलगायतका नदीहरूमा पनि बहाव बढ्ने जनाइएको छ।
प्राधिकरणले त्यस आसपास र सहायक नदीहरूमा सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।
उक्त बुलेटिन राष्ट्रिय विपद् न्यूनीकरण पोर्टल, प्राधिकरणको फेसबुक तथा ट्वीटरबाट समेत सार्वजनिक हुने जनाइएको छ। रासस
" /> काठमाडाैं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् बुलेटिन’ शुरू गरेको छ।दिनभर कहाँकहाँ कस्ताकस्ता घटना भए, कहाँकहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ र कहाँ बढी पानी पर्छलगायतका जानकारी उक्त बुलेटिनबाट समावेश गरिने प्राधिकरणले जनाएको छ।

">