चिकित्सक नहुँदा भोजपुर र संखुवासभा अस्पतालमा प्रसूति सेवा बन्द
भोजपुर। चिकित्सक अभावमा पूर्वी पहाडी जिल्ला भोजपुर र संखुवासभाको अस्पतालमा प्रसूति सेवा बन्द भएको छ।

भोजपुरमा प्रसूति गराउँने चिकित्सक सरुवा भएपछि ३ महीनादेखि सेवा बन्द भएको हो।

प्रसूति सेवा बन्द भएसँगै गर्भवती महिलाहरु नियमित स्वास्थ्य जाँच तथा सुत्केरी गराउन धरान, विराटनगर र काठमाडौं धाउनुपर्ने वाध्यता भएको छ।

कच्ची सडक र हवाई उडान नियमित नहुँदा गर्भवती महिलाले सास्ती खेप्नुपरिरहेको छ।

सेवा बन्द हुँदा रातारात गर्भवती महिलाहरुलाई कष्टकर यात्रा गरेरै शहर लैजानुपरेको र खर्चिलो भएको नागरिक समाजका संयोजक परशुराम तिवारी बताउँछन्।

प्रसूतितर्फ स्थायी र करार गरी ८ जना चिकित्सक कार्यरत थिए । कर्मचारी समायोजनपछि सरुवा भएर गएकाले चिकित्सक अभाव भएको अस्पतालले जनाएको छ।

प्रदेश तथा स्थानीय सरकारलाई प्रसूतिसेवा सुचारुको लागि अनुरोध गरेको अस्पतालकी निमित्त प्रमुख डा. पवित्रा श्रेष्ठले बताएकी छन्।

भोजपुर अस्पतालमा वार्षिक ३ हजारको हाराहारीमा महिलाहरु सुत्केरी गर्न आउने गरेको अस्पतालले जनाएको छ।

अस्पतालले हप्तामा तीनदेखि सात जनासम्म गर्भवती महिलाहरुलाई सुत्केरी गराउन बाहिर रेफर गरिरहेको छ।

यता राससका अनुसार छिमेकी जिल्ला संखुवासभास्थित जिल्ला अस्पताल, खाँदबारीमा पनि त्यहाँ कार्यरत् २ जना चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ।

८ कात्तिकबाट एकैसाथ चिकित्सक बिदामा बसेपछि पाँच दिनमा ६ जना गर्भवतीलाई अन्यत्र ‘रिफर’ गरिएको छ।

अस्पताल प्रशासन शाखाका दीपेश श्रेष्ठलका अनुसार  चिकित्सक नभएपछि २४ घण्टे प्रसूति सेवा ठप्प भएको हो।

खाँदबारी अस्पतालमा अहिले दैनिक पाँच जनाभन्दा बढी प्रसूति सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्