नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप नबन्दासम्म सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्तिले 'दुई गजको दूरी' भन्ने नियमलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए।
कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको बताउँदै उनले यसलाई अवसरको रुपमा उपयोग गर्नुपर्ने बताए। प्रधानमन्त्री मोदीले सामाजिक रुपमा यसले धेरै उथलपुथल पारे पनि सतर्कता अपनाउँदै अगाडि बढ्नुपर्ने धारणा राखे।
“हामी सबै अहिले तलमाथि भएका छौँ, हाम्रो सामाजिक जीवनमा धेरै समस्या आएको छ, तर पनि हामी अब अगाडि बढ्नुपर्छ,” उनले एक कार्यक्रममा भने।
यो समयमा यस समस्याबाट प्रभावित नभएको संसारमै कोही नभएको बताउँदै उनले यसको समाधानका उपायहरुको खोजी भइरहेको जानकारी दिए।
यो रोगबाट कहिले मुक्ति पाइन्छ भन्ने थाहा नभएकाले यसविरुद्धको खोप पत्ता नलाग्दासम्म सामाजिक दूरी कायम राख्ने, मास्क लगाउनेलगायतका आधारभूत सतर्कताहरु अपनाउनुको विकल्प नभएको उनको भनाइ छ। एएनआई
" /> नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप नबन्दासम्म सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन्।कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्तिले 'दुई गजको दूरी' भन्ने नियमलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए।

">