काठमाडौं। २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरले वित्तीय अपराध (हुण्डी)मा संलग्न व्यक्तिलाई सहयोग पुर्याएको भन्दै असईसहित दुईजनालाई निलम्बन गरेको छ।
इलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित शाह र सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिनेश हजारालाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी महेन्द्रकुमार मिश्रले जानकारी दिए।
“वित्तीय अपराध (हुण्डी) मा संलग्न व्यक्तिलाई आर्थिक प्रलोभनमा परी सहयोग पुर्याएको प्रमाणित भएकाले कारबाहीका लागि निलम्बन गरिएको हो”, २ नम्बर प्रदेशका डीआईजी धीरजप्रताप सिंहले भने, “थप अनुसन्धान भइरहेको छ।”
त्यस्तै प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी देवाही गोनाही रौतहट दरबन्दी भई प्रहरी चौकी ब्रम्हपुरी रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक संजीवकुमार झालाई पनि निलम्बन गरेको छ।
प्रहरी आचरणविरुद्ध पटक-पटक सुध्रिने मौका दिँदा पनि आचरणमा सुधार नआएकाले कारबाहीको सिलसिलामा निलम्बन गरिएको डीआईजी सिंहले जानकारी दिए।
यसअघि पनि आर्थिक कारोबारमा संलग्न रहेको प्रमाणित भएपछि केही प्रहरीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको थियो।
" /> काठमाडौं। २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरले वित्तीय अपराध (हुण्डी)मा संलग्न व्यक्तिलाई सहयोग पुर्याएको भन्दै असईसहित दुईजनालाई निलम्बन गरेको छ।इलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित शाह र सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिनेश हजारालाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी महेन्द्रकुमार मिश्रले जानकारी दिए।

">