काठमाडौं। इङ्ल्यान्डका बलर जोफ्रा आर्चर बिहीबारबाट टीमको ट्रेनिङमा सामेल भएका छन्।
कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएपछि उनी साउथह्याम्पटनमा ट्रेनिङ गरिरहेको टीममा सामेल भएका हुन्।
एक सातादेखि परिवारका सदस्य बिरामी भएका कारण २५ वर्षे आर्चर ढिला गरी टीमको ट्रेनिङमा समावेश भएका हुन्।
लगातार दुईपटकको परीक्षण नेगेटिभ आएपछि आर्चर साउथह्याम्पटन गएका हुन्।
इङ्ल्यान्डको तीस सदस्यीय टीम अहिले साउथह्याम्पटनमा वेष्ट इन्डिजविरुद्धको टेष्ट शृृंखलाका लागि तयरी गरिरहेको छ।
तीन टेष्टको शृंखला पहिले ४ जुनबाट शुरू हुने तालिका थियो।
तर, कोभिड-१९ कारण कारण ८ जुलाईबाट बन्द रंगशालामा हुनेछ।
इङ्ल्यान्डले १ जुलाईबाट तीन दिन अभ्यास खेल खेल्नेछ।
त्यसपछि पहिलो टेष्टका लागि टीम छनोट गर्नेछ।
" /> काठमाडौं। इङ्ल्यान्डका बलर जोफ्रा आर्चर बिहीबारबाट टीमको ट्रेनिङमा सामेल भएका छन्।कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएपछि उनी साउथह्याम्पटनमा ट्रेनिङ गरिरहेको टीममा सामेल भएका हुन्।

">