साम्राज्ञीको पाँच वर्षे चलचित्र यात्रा, भन्छिन्- धेरै पटक शोषणको शिकार बनेँ
काठमाडौं। अभिनेत्री साम्राज्ञी आरएल शाह चलचित्र क्षेत्रमा प्रवेश गरेको पाँच वर्ष पूरा भएको छ। 'ड्रिम' चलचित्रमार्फत डेव्यू गरेकी साम्रज्ञीले पाँच वर्षकाे अवधिमा आठ वटा चलचित्रमा काम गरिन्। यो पाँच वर्षे चलचित्र यात्रा उनका लागि निकै दु:खद् रहेको छ।
आज आफ्नो इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै चलचित्र क्षेत्रमा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकी छन्। काम गरेकामध्ये तीनवटा ब्यानरले आफूलाई गरेको व्यवहार शब्दमा व्यक्त गर्न नसक्ने उनको भनाइ छ।
"सुटिङ सेटमा खाना र पानीको व्यवस्था उपलब्ध गराउन आग्रह गर्दा कति निर्माता/निर्देशक आक्रमक शैलीमा आउँथे। उनीहरुको व्यहारबाट धेरैबेर रुन्थेँ, अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थें।"
साम्राज्ञीले आफूमाथि धेरै पटक शोषणको शिकार भएकोसमेत बताएकी छन्। आफूले ती सबै कुरा भुलेर मुहारमा हाँसोसहित काम गर्ने गरेको बताइन्। छायांकनस्थलमा पिउनका लागि पानी माग्दासमेत निर्माता तथा निर्देशकबाट अपशब्द सुन्नुपरेको उनले गुनासाे गरेकी छन्।
"सुटिङ सेटमा खाना र पानीको व्यवस्था उपलब्ध गराउन आग्रह गर्दा कति निर्माता/निर्देशक आक्रमक शैलीमा आउँथे। उनीहरुको व्यहारबाट धेरैबेर रुन्थेँ, अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थें," साम्राज्ञीले भनेकी छिन्, "किनकि, मलाई कामसँग प्रेम छ। कामको सम्मान गर्नुपर्छ भन्ने मैले बुझेको छु। म आफूले सकेको शतप्रतिशत काम दिने प्रयास गर्छु।"
आफूलाई नकारात्मक प्रतिक्रिया सुन्ने बानी परिसकेको उनको भनाइ छ। "यी सबै कुरा म विस्तृतमा भन्न चाहन्छु, तर लाग्दैन यो सबै कुरा भन्न सक्छु होला। यी सबै कुरा भन्दा मेरो नराम्रो इमेज पनि बन्छ होला। म त्यो कसैको होस् भन्ने चाहन्नँ," उनले भनिन्, "एउटा यस्तो नमिठो अनुभव पनि मैले भोगेकी छु, एक चलचित्रमा मैले साईन गरें। उहाँको बानी व्यवहार र उहाँको रुष्टपनलाई लिएर धेरै चर्चा हुने गर्दथ्यो। तर पनि मलाई उहाँ त्यस्तो लाग्दैनथ्यो। जब चलचित्रको काम सुरु भयो मेरो विश्वास एकैपटकमा टुट्यो।"
उनले अगाडि भनिन्, "काम गरेको ब्यानरबाट फेरि अफर नआएको हैन, तर मैले फेरि त्यही टिमसँग काम गर्ने आँट नै गरिनँ। यस्तो विषयमा धेरै खुलेर कुरा गर्न खोज्नुहुन्न अनि चलचित्र मेकरहरु पनि यस्तो कुरा बाहिर नाआओस् भन्ने चाहनुहुन्छ, तर यस्तो सोच्ने मान्छेले कलाकारलाई थोरै भए पनि सम्मान दिन सकेको भए पनि त हुन्थ्यो। यस्ता कुरा धेरै पहिलेबाट बोल्न चाहन्थे, तर एकजना चलेको निर्देशकले तिमी चलेको अभिनेत्री हौं यस्तो कुरा गर्नु राम्रो हुन्नसमेत भन्नुभयो।"
केही दिनयता नेपाली फिल्म क्षेत्रमा पनि 'नेपोटिज्म' र 'ग्रुपिज्म'को विषयमा बहस भइरहेको बेला साम्राज्ञीले आफ्नो तीतो अनुभव सार्वजनिक गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस्