काठमाडौं। नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल प्रहरी महिला फुटबल टिमका १३ जना खेलाडी तथा एकजना प्रशिक्षकलाई खेल सामग्री वितरण गरेका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उनले खेल सामग्री प्रदान गरेका हुन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले खेलाडीहरूलाई बधाई दिँदै खेलकुदको श्रीवृद्धि र विकासमा नेपाल प्रहरीले विगतदेखि पुर्याउँदै आएको योगदानबारे चर्चा गरेका थिए।
नेपालमा सम्पन्न भएको १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा प्राप्त गरेको सफलताले खेलकुदप्रति नेपाल प्रहरीलाई थप हौसला प्राप्त भएको उनले बताए।
खेलकुद विकासको लागि प्रहरी संगठन सदैव कटिवद्ध रहेको समेत उनले जनाए।
कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्सालले खेलकुदको माध्यमबाट नेपाल प्रहरीमा आवद्ध खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपाल प्रहरीको छविलाई अझ उच्च बनाउन निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।
२०७६ मंसिर ११ गते नेपाल प्रहरी र नेपाल टेलिकमबीच प्रहरीको पुरुष तथा महिला फुटबल टिमलाई नेपाल टेलिकमले प्रायोजन गर्ने सम्झौता भएको थियो।
सोही सम्झौताअनुरूप नेपाल प्रहरीको महिला फुटबल टिमका खेलाडी तथा प्रशिक्षकलाई खेल सामग्री हस्तान्तरण गरिएको कार्यक्रममा जानकारी दिइयो।
" /> काठमाडौं। नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल प्रहरी महिला फुटबल टिमका १३ जना खेलाडी तथा एकजना प्रशिक्षकलाई खेल सामग्री वितरण गरेका छन्।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उनले खेल सामग्री प्रदान गरेका हुन्।

">