जुवा खेलिरहेका चारजना पक्राउ

दाङ। तुलसीपुर उपमहानगरपालिका-६ हात्तिखवा बस्ने गोमा कँडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाबाट ८५ हजार ४५ रूपैयाँ र तीन गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।

कँडेलको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तथा ताससहित पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।