पछिल्लो २४ घण्टामा ५९३ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितकाे कूल संख्या ११ हजार ७५५ पुग्याे

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५९३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

देशका विभिन्न विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १०७ महिला र ४८६ पुरूष गरी ५९३ काेराेना संक्रमित थपिएका हुन्।

याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कूल संक्रमितमध्ये १० हजार ५०६ पुरूष र एक हजार २४९ महिला छन्।

दुई हजार ६९८ जना डिस्चार्ज भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

काेराेना संक्रमणबाट मृत्यु हुनेकाे कूल संख्या २६ पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्