काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा दुवै अध्यक्ष उपस्थित हुनुपर्ने स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले बताएका छन्।
नेकपाको स्थायी कमिटीको दोस्रो दिनको बैठक सकेर बाहिरिदै गर्दा न्यौपानेले स्थायी कमिटी बैठकमा दुवै जना अध्यक्ष उपस्थित हुनुपर्ने बताएका हुन्।
नेकपाको स्थायी कमिटी बैठकमा आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका थिए।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक बसेको थियो। बैठकमा दाहालले आफूसँगको सल्लाहअनुसार नै ओली अनुपस्थित भएको बताएका थिए।
“म मनोवैज्ञानिक होइन। प्रधानमन्त्री किन आउनु भएन उहाँले नै जान्नुहोला। तर, बैठकमा दुवै अध्यक्ष उपस्थित हुनुपर्छ”, न्यौपानेले भने।
त्यसैगरी, नेता न्यौपानले सीमा विवाद नेपाल र भारतको मात्रै भएको र त्यसमा चीनलाई तान्न आवश्यक नरहेको बताएका छन्। “१८१६ को सुगौली सन्धीलाई टेकेर हाम्रो भूमीको दावी गरेका हौ। त्यहाँ त्रिदेशीय भूमी छैन। अलि माथि गएपछि त्रिदेशीय भूमी होला”, उनले भने।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा दुवै अध्यक्ष उपस्थित हुनुपर्ने स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले बताएका छन्।नेकपाको स्थायी कमिटीको दोस्रो दिनको बैठक सकेर बाहिरिदै गर्दा न्यौपानेले स्थायी कमिटी बैठकमा दुवै जना अध्यक्ष उपस्थित हुनुपर्ने बताएका हुन्।

">