काडमाडौं। केन्द्रीय तथ्यांक विभागले सेट गरेको घडीले नेपालको जनसंख्या तीन करोड नाघेको देखाएको छ।
विभागले २०६८ सालमा गरेको राष्ट्रिय जनगणनाको आधारमा जसंख्या घडी सेट गरेको थियो। उक्त घडीले आज नेपालको जनसंख्या तीन करोड ६३४ जना देखाएको छ।
२०६८ सालमा गरिएको राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो।
सोही जनगनणाको बेलामा केन्द्रीय तथ्यांक विभागले जन्म, मृत्यु र बसाइसाइको बारेमा विस्तृतमा तथ्यांक संकलन गरेको थियो। सोही तथ्यांकको आधारमा तयार पारिएको सुत्र अनुसार तथ्यांक विभागको घडीले हरेक दिन नेपालको जनसंख्या बताउँदै आएको छ।
“२०६८ सालको जनगनणमा १५ देखि ४९ वर्षसम्मका महिलाको प्रजनन दर, सबै उमेर समूहका मानिसको मृत्युदर र बसाइसराइको दरबारे विस्तृतमा अध्ययन गरेका थियौं”, केन्द्रीय तथ्यांक विभागका सहसचिव हेमराज रेग्मीले भने, “सोही तथ्यांकको आधारमा जन्मलाई जोड्ने, मृत्युलाई घटाउने र बसाइसराई गर्नेको तथ्यांक जोड्ने र घटाउने गरी सुत्र बनाएका थियौं। त्यही सुत्रको आधारमा आज नेपालको जनसंख्या तीन करोड नाघेको देखिएको हो।”
जन्म, मृत्यु र बसाइसराईको दर २०६८ सालकै अवस्थामा कायम रहँदा तथ्यांक विभागको घडीले देखाएको तथ्यांक सही हुने उनले बताए। “जन्मदर बढेको र मृत्युदर घटेको भए जनसंख्या घडीले देखाएको भन्दा बढी हुने भयो”, रेग्मीले भने।
विभागले तयार गरेको सुत्र अनुसार हरेक दिन करिब १.४ प्रतिशतले जनसंख्या बढेको देखाउँछ।
समयमै दर्ता हुँदैनन् जन्म र मृत्यु
बालबालिका जन्मिएको वा कसैको मृत्यु भएको घटना समयमा दर्ता नहुँदा नेपालको कुल जनसंख्या यकिन रूपमा पत्ता लगाउनको लागि देशव्यापी रूपमा जनजणना नै गर्नुपर्ने वाध्यता छ। केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा जनगणना गर्दै आएको छ।
“बालबालिकाको जन्मदर्ता उनीहरू स्कूल जाने बेलामा मात्रै हुने गरेको छ। जन्मिएको ३५ दिनभित्रमा जन्मदर्ता गर्नुपर्ने प्रावधान छ। व्यक्तिको मृत्यु दर्ता पनि निकै ढिलो गरेर मात्रै हुने गरेको छ”, रेग्मीले भने, “बालबालिको मृत्यु कमै मात्रामा दर्ता हुन्छ। स्थानीय पञ्जिकाधिकारीमा समयमै घटना विवरण दर्ता हुने हो भने देशव्यापी जनगणनाको आवश्यकता नै पर्दैन।”