काठमाडौं। कर्णाली प्रदेशका विभिन्न जिल्लामा २६ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै कोरोना संक्रमितको संख्या १४३३ पुगेको छ।
आज सुर्खेतका १३ जना, दैलेखका पाँचजना, सल्यान तीनजना, जाजरकोट दुईजना, काठमाडौं, मुगु र जुम्लाका एक/एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौंको टोखा नगरपालिका-६ का २९ वर्षीय पुरुषको पीसीआर परीक्षणका लागि जुम्लाबाट स्वाब संकलन गरिएको थियो।
उनीहरूको प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
त्यस्तै आजै २८ जना निको भएर घर फर्किएका छन्।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या ७२० पुगेको छ।
कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६ पुगेकाे तिवारीकाे भनाइ छ।
" /> काठमाडौं। कर्णाली प्रदेशका विभिन्न जिल्लामा २६ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै कोरोना संक्रमितको संख्या १४३३ पुगेको छ।

">