सुदूरपश्चिममा थपिए ३५ जना कोरोना संक्रमित
<p>कैलाली। सुदूरपश्चिम प्रदेशमा आज थप ३५ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ।</p>
<p>धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।</p>
<p>अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले डोटीका २५, कैलाली ७, बैतडी २ र कञ्चनपुरमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको बताए।</p>
प्रतिक्रिया दिनुहोस्
