कटुवा पेस्तोलसहित पक्राउ
<p>धनुषा। जनकपुर उपमहानगरपालिका-१९, बाउन्न बिगाहाबाट कटुवा पेस्तोल एक थानसहित जनकनन्दनी गाउँपालिका–१ घर भएका श्याम सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। </p>
<p>विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई पेस्तोल सहित पक्राउ गरेको हो। </p>
<p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
