काठमाडाैं। भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन्।
हिजोमात्र यसबाट ८३ जनाको ज्यान गएको बताइएको थियो। शुक्रबार बिहानसम्म यो संख्या ९२ पुगेको बिहारको विपद् व्यवस्थापन केन्द्रले जानकारी दिएको हो। भारतीय सञ्चार मध्यमहरूका अनुसार बिहार राज्यका २१ जिल्लामा बिहीबार साँझदेखि रातिसम्म चट्याङ परेको थियो।
सबैभन्दा धेरै बिहारको गोपालगञ्ज जिल्लामा १३ जनाको मृत्यु भएको छ। यस्तै नवादा र पश्चिमी चम्पारण जिल्लामा आठ-आठ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरूमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो। भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो।
मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरू अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरूमा सूचना जारी गरिएको बताइएको थियो। बिहारमा समय समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रतिपरिवार चार लाख भारतीय रूपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन्। रासस/एएनआई
" /> काठमाडाैं। भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन्।हिजोमात्र यसबाट ८३ जनाको ज्यान गएको बताइएको थियो। शुक्रबार बिहानसम्म यो संख्या ९२ पुगेको बिहारको विपद् व्यवस्थापन केन्द्रले जानकारी दिएको हो। भारतीय सञ्चार मध्यमहरूका अनुसार बिहार राज्यका २१ जिल्लामा बिहीबार साँझदेखि रातिसम्म चट्याङ परेको थियो।

">