कैलाली। स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशका तीन अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ।
प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र जिल्ला अस्पताल सल्यानमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि हिजोदेखि तिन वटै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवाहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्।
प्रदेशको कोरोना विशेष अस्पतालको संयोजन गरिरहेका वरिष्ठ चिकित्सक, प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मी सहित ९ जनामा संक्रमण देखिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए। उनले संक्रमित स्वास्थ्यकर्मीहरूलाई आइसोलेसनमा राखिएको जानकारी दिए।
त्यस्तै जुम्लास्थित प्रतिष्ठानको शिक्षण अस्पतालमा पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको छ।
प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणको थप जोखिम भएकाले अनिश्चितकालका लागि सेवा बन्द गर्नुपरेको जानकारी गराएका छन्।
यस्तै एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि सल्यानको जिल्ला अस्पतालको आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू पनि हिजैदेखि अनिश्चितकालका लागि बन्द गरिएको अस्पताल प्रमुख डा. अर्जुन बुढामगरले बताए।