काठमाडौं। काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी शोभाभगवतीमा आज बिहान मृत भेटिएका एक युवकको हत्या भएको हुनसक्ने आशंकमा उनका तीनजना साथीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
त्यहाँ ४० वर्षीय श्याम परियार मृत भेटिएका थिए।
महानगरीय प्रहरी वृत स्वयम्भूले हिजो बेलुका परियारसँगै बसेर मादक पदार्थ सेवन गरेका तीनजनालाई नियन्त्रणमा लिएको हो।
स्वयम्भु वृतका प्रमुख डीएसपी निरन्जन भट्टले भने, “प्रारम्भिक सोधपुक्ष गर्दा हिजोराति ११ बजेको समयमा घटनास्थलमै निजहरूको श्याम परियारसँग मादक पदार्थ सेवन गरेको नशामा विवाद हुँदा हातपात गरी सिमेन्टबाट बनेको ढलान ढुंगाले टाउकोमा प्रहार गरी घाईते बनाएको देखियो।”
प्रहरीले ओखलढुंगा लिखु गाउँपालिका-८ घर भई काठमाडौं डल्लु बस्ने ४७ को शम्भु विक, काठमाडौं पक्नाजोल बस्ने ५३ वर्षीय कृष्णमान शाक्य र काभ्रेपलान्चोक दोलालघाट-९ घर भई काठमाडौं बस्ने ५६ को रामलामा तामाङलाई पक्राउ गरेको हो।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी शोभाभगवतीमा आज बिहान मृत भेटिएका एक युवकको हत्या भएको हुनसक्ने आशंकमा उनका तीनजना साथीहरूलाई प्रहरीले पक्राउ गरेको छ।त्यहाँ ४० वर्षीय श्याम परियार मृत भेटिएका थिए।

">