काठमाडौं। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा बाटोमा बम राखिएको प्रहरीले सूचना पायो।

डिस्पोज गर्न नेपाली सेनासहितको टोली जाने तयारी भयो। पहिलो सूचना आएको एकघण्टामा फेरि खबर आयो रोशी गाउँपालिका-३ को सिपालीमा झडप भइरहेको छ।

उक्त स्थानमा हतियारसहित आएको समूहले गोली चलाएको र झडप भएको भन्ने सूचनापछि त्यहाँ इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरीको टोली पुगेको थियो।

“दुई खाले सूचना आएपछि टोली राति नै परिचालन भएको थियो”, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडेलले भने, “प्रहरी टोली त्यहाँ पुग्दा लुटेराको समूह जंगलतर्फ भागिसकेका थिए।”

त्यहाँ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा र सशस्त्रको समेत टोली खटिएको थियो।

स्थानीयले रोपेका बोधिचित्तका बिरुवा नष्ट गर्न र दाना लुट्न नेत्रविक्रम चन्द समूहका कार्यकर्ता त्यहाँ पुगेको प्रहरीले जनाएको छ।

“बोधिचित्त कुर्न बसेको १५ जना जतिको स्थानीयको समूहमाथि आक्रमण गरिएको छ”, एसपी पौडेलले भने, “त्यसक्रममा झडपमा पाँचजना जति स्थानीय घाइते भएका छन्।”

सिपालीका वीरबहादुर तामाङको घरमा राखिएको सीसीटिभीसमेत तोडफोड गरेर बोधिचित्तको दाना लुटिएको खुलेको छ।

“बाटोमा बम र रुखहरू ढालेर प्रहरी पुग्न नसकोस भनेर अवरोध गरिएको थियो”, काभ्रेका डीएसपी कुमारविक्रम थापाले भने, “त्यो अवरोध हटाएर घटनास्थलसम्म पुगेका हौं।”

घटनापछि सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

“टोली परिचालन गरेर खोजी कार्य भइरहेको छ”, एसपी रविकुमार पौडेलले भने। महंगो मूल्य पर्ने भएकाले त्यहाँ हतियारसहितको टोली पुगेर बोधिचित्तको दाना लुटिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

" /> काठमाडौं। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा बाटोमा बम राखिएको प्रहरीले सूचना पायो।

"> काभ्रेमा हतियारसहित गाउँ छिरेका चन्दका कार्यकर्ताले बोधिचित्त लुटे: Dekhapadhi
काभ्रेमा हतियारसहित गाउँ छिरेका चन्दका कार्यकर्ताले बोधिचित्त लुटे
काठमाडौं। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा बाटोमा बम राखिएको प्रहरीले सूचना पायो।

डिस्पोज गर्न नेपाली सेनासहितको टोली जाने तयारी भयो। पहिलो सूचना आएको एकघण्टामा फेरि खबर आयो रोशी गाउँपालिका-३ को सिपालीमा झडप भइरहेको छ।

उक्त स्थानमा हतियारसहित आएको समूहले गोली चलाएको र झडप भएको भन्ने सूचनापछि त्यहाँ इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरीको टोली पुगेको थियो।

“दुई खाले सूचना आएपछि टोली राति नै परिचालन भएको थियो”, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडेलले भने, “प्रहरी टोली त्यहाँ पुग्दा लुटेराको समूह जंगलतर्फ भागिसकेका थिए।”

त्यहाँ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा र सशस्त्रको समेत टोली खटिएको थियो।

स्थानीयले रोपेका बोधिचित्तका बिरुवा नष्ट गर्न र दाना लुट्न नेत्रविक्रम चन्द समूहका कार्यकर्ता त्यहाँ पुगेको प्रहरीले जनाएको छ।

“बोधिचित्त कुर्न बसेको १५ जना जतिको स्थानीयको समूहमाथि आक्रमण गरिएको छ”, एसपी पौडेलले भने, “त्यसक्रममा झडपमा पाँचजना जति स्थानीय घाइते भएका छन्।”

सिपालीका वीरबहादुर तामाङको घरमा राखिएको सीसीटिभीसमेत तोडफोड गरेर बोधिचित्तको दाना लुटिएको खुलेको छ।

“बाटोमा बम र रुखहरू ढालेर प्रहरी पुग्न नसकोस भनेर अवरोध गरिएको थियो”, काभ्रेका डीएसपी कुमारविक्रम थापाले भने, “त्यो अवरोध हटाएर घटनास्थलसम्म पुगेका हौं।”

घटनापछि सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

“टोली परिचालन गरेर खोजी कार्य भइरहेको छ”, एसपी रविकुमार पौडेलले भने। महंगो मूल्य पर्ने भएकाले त्यहाँ हतियारसहितको टोली पुगेर बोधिचित्तको दाना लुटिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्