भारत र चीनबीच बढ्दो तनावलाई महाशक्ति अमेरिकाले कसरी हेरिरहेको छ भन्ने विषयमा सर्वत्र चासो छ। तर यो विवादलाई दृष्टिगत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोको भनाइ सुन्दा भने अचम्म लाग्दो छ। यसले भारतलाई निरुत्साही बनाउने छ।
बिहीबार ब्रसेल्स फोरममा विदेशमन्त्री पोम्पियोले चीनका कारण भारत र दक्षिण-पूर्वी एसियामा बढ्दो खतरालाई हेर्दै अमेरिकाले युरोपबाट आफ्ना सेना घटाउने फैसला सुनाए। राष्ट्रपति ट्रम्पले हालै अमेरिका जर्मनीमा आफ्ना सेना घटाउने बताएका थिए। ट्रम्पको भनाइप्रति युरोपियन युनियन (ईयू)ले असहमति जनाएको थियो।
चिनियाँ कम्युनिस्ट पार्टीको कारवाही भारत, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स तथा दक्षिण चीनसागरका लागि खतरा रहेको पोम्पियोको भनाइ छ। उनले भने, ‘हामी निश्चिन्त हुन चाहन्छौं कि चिनियाँ पिपुल्स लिबरेसन आर्मीको सामना गर्न तयार रहनुपर्छ। हामीलाई लाग्छ, हाम्रो समयको यो चुनौती हो । र, हामी यो चुनौतीको सामना गर्ने तयारी सुनिश्चित गर्न लागिरहेका छौं।’
"ट्रान्स एटलान्टिक अलायन्सका माध्यमबाट चिनियाँ खतरबारे साझा धारणा बनाउन मद्दत पुग्नेछ। यो खतराका विषयमा ईयू र अमेरिका मिलेर अघि बढ्न सकिन्छ।"
चीन छिमेकी देशहरुका लागि खतरा रहेकाले अमेरिकाले यसमा ध्यान दिइरहेको पोम्पियोले बताए। यसबारे ईयूसँग पनि कुरा गर्न लागिएको उनले जानकारी दिए। उनले अरुलाई नोक्सान पुर्याउने चिनियाँ आर्थिक नीतिका बारेमा पनि स्पष्ट पारे। ‘ट्रान्स एटलान्टिक अलायन्सका माध्यमबाट चिनियाँ खतरबारे साझा धारणा बनाउन मद्दत पुग्नेछ,’ उनले भने, ‘यो खतराका विषयमा ईयू र अमेरिका मिलेर अघि बढ्न सकिन्छ।’
अमेरिकाले जर्मनीमा रहेका आफ्ना ५२ हजार सेना घटाएर २५ हजार गर्न लागेको छ। पोम्पियो भन्छन्, ‘केही विशेष क्षेत्रमा अमेरिकी सेना घटाइने छ, यसले बढी आवश्यक तथा संवेदनशील स्थानको खतरासँग जुध्न सहज हुनेछ।’
युरोपमा सेना कर्म गर्न लागेको सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्पको आलोचना हुन थालेको छ। यसबाट युरोपमा रुसको खतरा बढ्ने आलोचकहरुको भनाइ छ। यसबारे लामो समीक्षा हुनुपर्ने बताइएको छ। बीबीसी