रीया सेन १६ वर्षको कलिलो उमेरमै सानो पर्दामा प्रवेश गरेकी थिइन्। फाल्गुनी पाठकको चर्चित गीत ‘याद पियाकी आने लगी’मा सन् १९९८ मा उनी पहिलोपटक पर्दामा देखिएकी थिइन्। त्यसपछि उनको यात्रा तमिल फिल्महुँदै बलिउडमा प्रवेश भएको थियो।
उनको पहिलो फिल्म ताज महल थियो, जुन सन् १९९९ मा बनेको तमिल फिल्म हो। त्यसपछिको दुई दशकमा उनले ३० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्।
स्टायल, कयामत, झन्कार बिट्स, शादी नम्बर १, अपना सपना मनि मनि जस्ता फिल्ममा रीया सेनको अभिनयलाई धेरैले रूचाए। जब उनका फिल्म विस्तारै हिट हुँदै थिए तब उनी भने बलिउडसँग टाढिने निष्कर्षमा पुगिसकेकी थिइन्। उनले हालै पीटीआइसँगको एक अन्तर्वार्तामा यसको खुलासा गरेकी हुन्।
निकै उत्साहित भएर बलिउड प्रवेश गरेकी उनीमाथि लागेको ‘सेक्सी’ र ‘बोल्ड’ को ट्यागले उनलाई बलिउडबाट अलग्याउने निर्णयमा पुर्याएको थियो।
“मेरा केही फिल्म हिट भइसकेपछि मैले महसुस गरेँ भने ती फिल्मले मलाई सन्तुष्टि दिएका छैनन्। किनकि, मैले निभाइरहेका भूमिकाहरूमा म आफैंलाई सहज लागेको थिएन। यसै कारण सम्भवतः मानिसले मलाई नराम्रो अभिनेत्रीको रूपमा लिए होलान्। म उनीहरूलाई दोष दिन्न। त्यसबेला धेरै बलिउड फिल्महरूमा काम गरें, सेक्सी र बोल्ड देखाउन ती फिल्ममा जुन ड्रेस मलाई लगाइयो त्यसमा म फिट थिइनँ,” रीयाले भनिन्।
जब म बाहिर निस्कन्थे मानिसहरू भन्थे ‘ओ रिया सेन’। उनीहरू स्क्रिनमा देखेको रीया र वास्तविक रीया एउटै हो भन्ठान्थे।
अन्तर्वार्तामा उनले थपिन्, “ती ट्याग (सेक्सी र बोल्ड) हरू डलराल्दा थिए, म डराएकी थिएँ। ‘सेक्सी’ ट्याग ममाथि लाग्दै गर्दा म स्कुल पढ्दै थिएँ । सधैं राम्री देखिनुपर्छ भन्ने दबाब ममाथि धेरै थियो। जब म बाहिर निस्कन्थे मानिसहरू भन्थे ‘ओ रिया सेन’। उनीहरू स्क्रिनमा देखेको रीया र वास्तविक रीया एउटै हो भन्ठान्थे।”
हरेक समय ग्ल्यामरस देखाउन खोजिनुले उनलाई बलिउडमा अफ्ठ्यारो पर्दै गएको थियो। “सबै जना ग्ल्यामरस हुन चाहन्छन्, तर म यहाँ आउँदा म यति जवान थिएँ कि तै पनि म यी सबै भूमिकाहरू गर्दै थिएँ। एक मिनी स्कर्ट लगाउँदै, वरिपरि दगुर्दै अभिनय गर्थें। जब म स्क्रिनमा आफैंलाई हेर्थें, आफैंलाई मन पर्दैैनथ्यो,” रीयाले भनिन्। जुन शैलीमा उनलाई फिल्मको पर्दामा देखाइएको थियो त्यसमा उनले असजिलो महसुस गरेकी थिइन्।
“पर्दामा हेर्दा त्यो म होइन भन्ने लाग्थ्यो। म हरेक दिन सेटमा जान सक्दिनथें। घण्टौंसम्म कर्ली कपाल र मेकअप लिएर बस्न मलाई सकस हुन थाल्यो। यसैबेला बलिउड फिल्महरूमा काम गर्न रोक्ने मैले सचेत निर्णय लिएँ,” रीयाले भनिन्। एजेन्सी
" /> रीया सेन १६ वर्षको कलिलो उमेरमै सानो पर्दामा प्रवेश गरेकी थिइन्। फाल्गुनी पाठकको चर्चित गीत ‘याद पियाकी आने लगी’मा सन् १९९८ मा उनी पहिलोपटक पर्दामा देखिएकी थिइन्। त्यसपछि उनको यात्रा तमिल फिल्महुँदै बलिउडमा प्रवेश भएको थियो।उनको पहिलो फिल्म ताज महल थियो, जुन सन् १९९९ मा बनेको तमिल फिल्म हो। त्यसपछिको दुई दशकमा उनले ३० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्।

">