काठमाडौं। महानगरीय अपराध महाशाखा टेकुमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ।
कार्यालय सहयोगीका रूपमा कार्यरत ती प्रहरी कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको महाशााखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।
“उनी खोटाङ गएर फर्केर आएका थिए। यहाँ आए लगत्तै हामीले ब्यारेकभित्रकै सेल्फ क्वारेन्टाइनमा राखेका थियौं”, उनले भने, “उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको छ।”
ती कर्मचारीलाई हिजो नै उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।
ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका चारजना प्रहरी कर्मचारीहरूलाई सेल्फ आइसोलेसनमा राखिएको छ।
उनीहरूको कोभिड-१९ परीक्षण गर्न नमूना पठाइने एसएसपी थापाले जानकारी दिए।
" /> काठमाडौं। महानगरीय अपराध महाशाखा टेकुमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ।कार्यालय सहयोगीका रूपमा कार्यरत ती प्रहरी कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको महाशााखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।

">