काठमाडौं। एनफिल्डमा सूर्य भर्खरै अस्ताएको थियो। लिभरपुल ३० वर्षको लामो पर्खाइपछि पुनः इङ्ल्यान्डको च्याम्पियन बन्यो।
चेल्सीले म्यानचेस्टर सिटीलाई हराएसँगै एनफिल्डको गोधुली साँझमा आतिशबाजी शुरू भयो। पटकाका आवाजले एनफिल्ड गुञ्जयमान बन्यो।
मर्सीसाइड डर्बीमा बराबरी खेलेपछि लम्बिएको लिभरपुलको उपाधि यात्रा अन्तत: चेल्सीको जितमा टुंगियो।
शुरूमा एक दर्जन समर्थक आफ्नो पवित्र रंगशालाबाहिर फोनमा खेल हेर्दै थिए। कोही रेडियो सुनेर बसेका थिए। विस्तारै उनीहरू हजारौं समर्थकबाट घेरिएका थिए। मध्य गर्मीको गोधुली साँझमा सूर्यको प्रकाशले छाडे पनि धुवाँको रातो धुन्धले एनफिल्डको अकाशलाई उल्यालो पारेको थियो।
तीन दशकपछि आफ्नो क्लबले लिगकाे उपाधि जित्दाको खुशीले उनीहरूलाई घरमै रोकेर राख्न सकेन। एकअर्कासँग खुशी बाँड्न हजारौं समर्थक सडकमा उत्रिए।
हातमा झन्डा र फ्लायर्स (झिलझिले पटका) बोकेर लिभरपुलका समर्थक सडकमा उत्रिएका थिए। उनीहरूलाई न महामारीको त्रास थियो न सरकारी प्रतिबन्धको। तीन दशकपछि आफ्नो क्लबले लिगकाे उपाधि जित्दाको खुशीले उनीहरूलाई घरमै रोकेर राख्न सकेन। एकअर्कासँग खुशी बाँड्न हजारौं समर्थक सडकमा उत्रिए।
प्रहरीले भीडलाई हटाउन कुनै प्रयास गरेन। एनफिल्ड वरपर जाने बाटोमा गाडीलाई प्रवेशमा रोक लगाइदियो। शहरका मेयरले ‘घरमै बस्न’ आग्रह गरेका थिए। तर, मेयरको आग्रहले समर्थकलाई रोक्न सकेन।
लिभरपुलका खेलाडीले सिटी र चेल्सीको खेल टेलिभिजनमा हेरेका थिए। गोलकिपर एसिसान, रक्षक भर्जिल भान डाइक र मिडफिल्डर एलेक्स अक्सलेड-चेम्बरलिन सँगै थिए। चेल्सीले सिटीलाई २-१ ले पराजित गरेसँगै लिभरपुलले सात खेल बाँकी छँदै १९औं लिग उपाधि पक्का गरेको थियो।
.jpg)
‘‘यो एकदम खुशीको क्षण हो,’’ ६१ वर्षे लिभरपुलका समर्थक फ्रान्सिस मर्फीले भने, ‘‘मेले जिन्दगीभर यस टीमको समर्थन गरे। तर, ३० वर्षसम्म उपाधि जित्न नसक्दा साह्रै पीडा भएको थियो। तर, हामी पुन: उपाधि जित्न सफल भएका छौं। लिभरपुलले यो यात्रालाई कायम राख्नुपर्छ।’’
जर्मन प्रशिक्षक योर्गान क्लोपले लिभरपुलमा विजयी मानसिकताको विजारोपण गरिदिएका थिए। उनको प्रशिक्षणमा क्लबले गत वर्षमात्र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
‘‘मसँग यो क्षणमा बोल्ने कुनै शब्द छैन। मलाई विश्वास गर्नै गाह्रो भइरहेको छ। यो यात्राको वर्णन गरे भने म फेरी रून्छु,’’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘‘म भावविह्वल भएको छु। यो सबै कुराको मिश्रण हो। म खुशी छु। मलाई गर्व लागेको छ।’’
सिटी र चेल्सीको खेल हेर्न क्लोप पनि खेलाडी र स्टाफसँग सहभागी भएका थिए। सामाजिक दूरी कायम गर्नुपर्ने बारे क्लोपले भने, ‘‘यो अनिवार्य थिएन। मलाई थाहा छ जो घरमा एक्लै बसेर यो खेल हेर्याे। उसले जिन्दगीभर यो क्षणलाई लिएर पछुताउनुपर्छ। त्यसैले हामी एक ठाउँमा भेला भयौं।’’
.jpg)
लिभरपुलले पछिल्लो पटक सन् १९९० मा लिगको उपाधि जितेको थियो। गत वर्ष पनि लिभरपुल उपाधिनजिक थियो, तर सिटीसँग एक अंकले पछि परेपछि लिभरपुल उपाधिबाट वञ्चित भएको थियो। तर, यसपटक भने लिरभपुलले लिगमा सात खेल बाँकी छँदै उपाधि जितिसकेको छ।
लिभरपुलले ३१ खेलमा २८ जित र दुई खेल बराबरी खेल्दा एक खेलमा मात्र पराजित भएको थियो। लिभरपुलले ८६ अंक जोडिसेको छ। लिगमा अझै २१ अंकको खेल बाँकी छ। त्यसैले लिभरपुललाई अझै सय अंकको कोशेढुंगा पार गर्ने अवसर छ।
३० वर्षको अन्तरालमा तीन एफए कप, चार लिग कप, एक युइएफ कप र दुई पटक च्याम्पियन्स लिगको उपाधि जिते पनि लिभरपुलले प्रिमियर लिगको उपाधि जित्न सकेको थिएन। क्लोपको प्रशिक्षणमा लिभरपुलले तीन सुपर कप र एक क्लब विश्वकपको उपाधि पनि जितेको थियो।