काठमाडौं। आर्सनलका मुख्य प्रशिक्षक माइकल आर्टेटाले आफ्नो क्लबको युरोपा लिग खेल्ने आशा जिवितै रहेको बताएका छन्।
गएराति इङ्लिस प्रिमियर लिगमा साउथह्याम्पटनलाई २-० ले पराजित गरेपछि प्रशिक्षक आर्टेटाले युरोपा लिग खेल्ने विश्वास व्यक्त गरेका हुन्।
कोभिड-१९ महामारीका कारण स्थगित लिग पुनः शुरू भएपछि आर्सनलले लगातार दुई खेलमा पराजित भएको थियो।
साउथह्याम्पटनलाई पराजित गरेसँगै आर्सनल नवौं स्थानमा उक्लिएको छ। आर्सनलको ४३ अंक छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा ६ अंकले पछाडि हो।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई युरोपियन फुटबल महासंघले युरोपियन क्लब प्रतियोगिता खेल्नमा प्रतिबन्ध लगाएको छ। आर्सनलले राम्रो गर्दै गयो र सिटीको प्रतिबन्ध कायमै रह्यो भने युरोपा लिग खेल्नसक्छ।
‘‘म सधै सकरात्मक छु’’ आर्सनल प्रशिक्षक आर्टेटाले भने, ‘‘हामीसँग पर्याप्त समय छ र हामीले अझै धेरै खेल खेल्न बाँकी छ। म क्लबमा आएपछि हामीले पहिलो पटक लगातार दुई खेल हार्यौं। तर, आज हामीले जितेका छौं। यसले हामीलाई लयमा फर्काएको छ।’’
विपक्षी गोलकिपर एलेक्स म्याकार्थीको गम्भिर गल्तीमा एडवार्ड एनकेटियाले २०औं मिनेटमा आर्सनललाई अग्रता दिएका थिए। म्याकार्थीले त्यस्तै गम्भीर गल्ती पहिलो हाफको अन्तिम समयमा पनि गरेका थिए। तर त्यतिबेला एनकेटिया गोल गर्न चुके।
८५औं मिनेटमा रक्षक ज्याक स्टेफनले रातो कार्डको सामना गरेपछि साउथह्याम्पटन दश खेलाडीमा सिमित भएको थियो। उनले पिइरे-इमरिक औबमेयाङलाई फाउल गरेपछि रातो कार्डको सामना गरेका हुन्।
त्यसपछि प्राप्त फ्रीकिक एलेक्जेन्डर लाकाजेटले प्रहार गरेका थिए। जुन वालमा लागेर फर्किएको थियो। रिबाउन्डमा प्राप्त बललाई लाकाजेटले फेरि सशक्त प्रहार गरे। तर, गोलकिपर म्याकार्थीले बचाए।
म्याकार्थीले राम्रो नियन्त्रणमा लिन नसकेको बललाई बैकल्पिक खेलाडी जोसेफ विलोकले पोष्ट दिएका थिए।
" /> काठमाडौं। आर्सनलका मुख्य प्रशिक्षक माइकल आर्टेटाले आफ्नो क्लबको युरोपा लिग खेल्ने आशा जिवितै रहेको बताएका छन्।गएराति इङ्लिस प्रिमियर लिगमा साउथह्याम्पटनलाई २-० ले पराजित गरेपछि प्रशिक्षक आर्टेटाले युरोपा लिग खेल्ने विश्वास व्यक्त गरेका हुन्।

">