काठमाडौं। चेल्सीले गएराति सम्पन्न खेलमा साविक विजेता म्यानचेस्टर सिटीलाई २-१ ले हराइदिएपछि लिभरपुलले ३० वर्षपछि पहिलो पटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ।
स्टामफोर्ड ब्रिजमा सिटीको विजयी नतिजाले मात्र लिभरपुलको उपाधि यात्रा लम्बिन सक्थ्यो। तर घरेलु टीमलाई २-१ को नतिजा सुम्पिएसँगै सिटीको लगातार दुई वर्षको लिग उपाधि जितेको यात्रा टुंगिएको छ।
अघिल्लो दुई सिजन पेप ग्वार्डिओलाको टीमले ६ लिग खेलमात्र हारेको थियो। तर यस सिजन आठौं हार बेहोर्दा सिटी लिभरपुलभन्दा २३ अंकले पछाडी रह्यो। यससँगै लिगमा सात खेल बाँकी छदै लिभरपुलले उपाधि पक्का गर्यो।
क्रिष्टियन पुलिसिकको गोलबाट चेल्सीले ३६औं मिनेटमा अग्रता लिएको थियो। ५५औं मिनेटमा केभिन डी ब्रुयनाले फ्रीकिकमा बराबरी गोल फर्काएका थिए।
७७ औं मिनेटमा फर्नान्डिन्होले रातो कार्डको सामना गरेपछि सिटी दश खेलाडीमा सिमित भएको थियो। फर्नान्डिन्होले गोल लाइनमा हातले बल रोकेपछि रातो कार्डको समना गरेका थिए। त्यसमा प्राप्त पेनाल्टीमा विलियानले गोल गर्दै चेल्सीलाई महत्वपुर्ण तीन अंक दिलाए।
जितसँगै चेल्सीले शीर्ष चारको स्थान बलियो बनाएको छ। चेल्सीको ५४ अंक छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा पाँच अंकले माथि हो भने तेस्रो स्थानको लेस्टर सिटीभन्दा एक अंकले पछाडि हो।
चेल्सीले यसअघि २०१६ मा पनि लेस्टर सिटीको उपाधि पक्का गरिदिएको थियो। त्यतिबेला चेल्सीले टोटेनह्यामलाई २–२ को बराबरीमा रोकिदिएपछि लेस्टरले उपाधि पक्का गरेका थियो।
" /> काठमाडौं। चेल्सीले गएराति सम्पन्न खेलमा साविक विजेता म्यानचेस्टर सिटीलाई २-१ ले हराइदिएपछि लिभरपुलले ३० वर्षपछि पहिलो पटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ।स्टामफोर्ड ब्रिजमा सिटीको विजयी नतिजाले मात्र लिभरपुलको उपाधि यात्रा लम्बिन सक्थ्यो। तर घरेलु टीमलाई २-१ को नतिजा सुम्पिएसँगै सिटीको लगातार दुई वर्षको लिग उपाधि जितेको यात्रा टुंगिएको छ।

">