काठमाडौं। रेलिगेशन क्षेत्रबाट माथि आउन संघर्ष गरिरहेको इबरसँग १-० ले पराजित भएपछि स्पेनिस ला लिगाको क्लब भ्यालेन्सियाको शीर्ष चारमा पर्ने सम्भावना कमजोर भएको छ।
जियोफ्रे कोन्डोगबियाले १६औं मिनेटमा गरेको आत्मघाती गोल इबरको जितमा निर्णायक बनेको थियो। जितसँगै इबरले ३२ अंक जोडेको छ।
जुन रेलिगेशन क्षेत्रको मालोर्काभन्दा ६ अंकले माथि हो। पराजित भएपछि भ्यालेन्सिया भने ४६ अंकका साथ आठौं स्थानमा छ। जुन चौथो स्थानको सेभियाभन्दा सात अंकले पछाडि हो।
भ्यालेन्सिया युरोपा लिग खेल्ने स्थानमा रहेको भिल्लारियाल भन्दा दुई अंकले पछाडि छ। ८९औं मिनेटमा इलियाक्विम मांगलाले दोस्रो पँहेलो कार्डको सामना गरेपछि भ्यालेन्सियाले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।
अर्को खेलमा रियाल बेटिसले स्पानियोललाई १-० ले पराजित गर्यो। ४८औं मिनेटमा मार्क बार्टाले गरेको गोल रियाल बेटिसको जितमा निर्णायक बन्यो।
रियाल बेटिस यसअघि लगातार तीन खेलमा पराजित भएको थियो। रियाल बेटिस ३७ अंकका साथ १३औं स्थानमा छ भने स्पानियोल २४ अंकका साथ लिगको पुछारमा छ।
" /> काठमाडौं। रेलिगेशन क्षेत्रबाट माथि आउन संघर्ष गरिरहेको इबरसँग १-० ले पराजित भएपछि स्पेनिस ला लिगाको क्लब भ्यालेन्सियाको शीर्ष चारमा पर्ने सम्भावना कमजोर भएको छ।जियोफ्रे कोन्डोगबियाले १६औं मिनेटमा गरेको आत्मघाती गोल इबरको जितमा निर्णायक बनेको थियो। जितसँगै इबरले ३२ अंक जोडेको छ।

">