काठमाडौं। जोए रोड्रिगुएजको गोलमा बार्नलीले गएराति इङ्लिस प्रिमियर लिगमा वाटफोर्डलाई १-० ले पराजित गरेको छ। यस नतिजासँगै रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको वाटफोर्ड संकटमा परेको छ।
सोमबार सम्पन्न खेलमा बर्नली साविक विजेता म्यानचेस्टर सिटीसँग ५-० ले पराजित भएको थियो। तर, गएराति सेन डाइचको बर्नलीका लागि रोड्रिगुएजले ७३औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।
लेफ्ट विंग्स डिवाइट म्याकनिलले गरेको क्रसलाई रोड्रिगुएजले हेडमार्फत पोष्टको दिशा दिएका थिए।
जितसँगै बर्नली ११औं स्थानमा उक्लिएको छ। वाटफोर्ड भने रेलिगेशन क्षेत्रबाट एक अंकले मात्र माथि छ। वाटफोर्डले पछिल्लो तीन खेलमा एक अंकमात्र जोड्न सफल भएको छ।
१६औं स्थानमा रहेको वाटफोर्डको २८ अंक छ। रेलिगेशन क्षेत्रमा रहेका एस्टन भिल्ला र बर्नमाउथ तथा एक स्थानमाथि रहेको वेष्ट ह्यामको समान २७ अंक छ।
बर्नलीले घरेलु मैदानमा भएको यस खेलमा गोलपोष्ट पछाडि दुई ठूला झन्डा राखेको थियो। जसमा ‘सबैका लागि एउटा क्लब’ र ‘भेदभावकाविरुद्ध सबैजना’ लेखिएको थियो।
म्यानचेस्टर सिटीविरुद्धको खेलमा बर्नलीका समर्थकले रंगशालामाथि हवाइजहाजले ‘ह्वाइ लाइभस् म्याटर बर्नली’ लेखेको ब्यानर प्रदर्शन गरेपछि विवादमा आएको थियो।
" /> काठमाडौं। जोए रोड्रिगुएजको गोलमा बार्नलीले गएराति इङ्लिस प्रिमियर लिगमा वाटफोर्डलाई १-० ले पराजित गरेको छ। यस नतिजासँगै रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको वाटफोर्ड संकटमा परेको छ।सोमबार सम्पन्न खेलमा बर्नली साविक विजेता म्यानचेस्टर सिटीसँग ५-० ले पराजित भएको थियो। तर, गएराति सेन डाइचको बर्नलीका लागि रोड्रिगुएजले ७३औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।

">