काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का, मध्यम र भारी वर्षा हुने जनाएको छ।
“देशभर धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश , प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ,” महाशाखाले बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
भोलि पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने विभागको अनुमान छ।
भोलि प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
पर्सि, आइतबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेश थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
" /> काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का, मध्यम र भारी वर्षा हुने जनाएको छ।वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

">