काठमाडौं। गण्डकी प्रदेशका चार जिल्लामा थप २५ जना संक्रमित फेला परेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा दुईजना, स्याङ्जा र बागलुङमा एक/एकजना र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सबैभन्दा बढी २१ जना संक्रमित थपिएका छन्।
बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिकामा दुईजना महिला संक्रमितबाहेक अन्य सबै पुरुष भएको निर्देशनालयले जनाएको छ।
निर्देशक विनोदविन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा उनीहरूमा कोभिड-१९ पुष्टि भएको हो।
नयाँ संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।
आजसम्म यस प्रदेशमा कोरोनाका कूल संक्रमित ७९२ जना पुगेका छन्।
" /> काठमाडौं। गण्डकी प्रदेशका चार जिल्लामा थप २५ जना संक्रमित फेला परेका छन्।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा दुईजना, स्याङ्जा र बागलुङमा एक/एकजना र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सबैभन्दा बढी २१ जना संक्रमित थपिएका छन्।

">