काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार ६ सय ३२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
सोही अवधिमा विश्वमा कोभिड-१९ बाट ५ हजार १ सय ७ जनाको मृत्यु भएको छ।
वल्डो मिटर्सको तथ्याङ्क अनुसार हिजो, ११ असारमा विश्वमा सबैभन्दा बढी संक्रमित ब्राजिलमा थपिएका छन् सबैभन्दा ठूलो संख्यामा मृत्यु पनि ब्राजिलमा नै भएको छ।
ब्राजिलमा बिहीबार ४० हजार ६ सय ७३ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ८० जनाको मृत्यु भएको थियो।
अमेरिकामा पछिल्लो चौबिस घण्टामा ३७ हजार ६ सय ३९ जनामा कोरोनाका नयाँ संक्रमित थपिनुका साथै ५ सय ९५ जनाको मृत्यु भएको छ।
भारतमा बिहीबार थप १८ हजार १ सय ८५ जनामा कोरोना संक्रण भेटिएको थियो। सोही अवधिमा भारतमा कोरोनाका कारण ४ सय १ जनाले ज्यान गुमाएका थिए।
रुसमा ७ हजार १ सय १३ जना नयाँ संक्रमित थपिएका थिए भने ९२ जनाको मृत्यु भएको छ।
यस्तै, बेलायतमा १ हजार १ सय १८, पेरुमा ३ हजार ९ सय १३, चिलीमा ४ हजार ६ सय ४८, इरानमा २ हजार ५ सय ९५, मेक्सिकोमा ५ हजार ४ सय ३७, टर्कीमा १ हजार ४ सय ५८, पाकिस्तानमा ४ हजार ४४, साउदी अरेबियामा ३ हजार ३ सय ७२, बंगलादेशमा ३ हजार ९ सय ४६, दक्षिण अफ्रिकामा ६ हजार ५ सय ७९ जना, कोलम्बियामा ३ हजार ४ सय ८६ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्।
" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार ६ सय ३२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।सोही अवधिमा विश्वमा कोभिड-१९ बाट ५ हजार १ सय ७ जनाको मृत्यु भएको छ।

">