काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ओसामा बिन लादेनलाई शहीद भनेको विषयले अहिले पाकिस्तानको राजनीति तातेको छ।
अमेरिकासँग पाकिस्तानको सम्बन्धको विषयमा संसदमा बोल्दै इमरानले भनेका थिए, ‛अमेरिकीहरू अबोटाबादमा आए र ओसामा बिन लादेनलाई शहीद बनाए। त्यसपछि सम्पूर्ण विश्वमा हाम्राबारे गलत कुराहरू भए। हाम्रो सहयोगी मुलुक यहीँ आएर कसैलाई मार्छ, तर हामीलाई थाहासमेत दिँदैन। जवकी उनीहरूको लडाइँका लागि ७० हजार पाकिस्तानी मारिएका छन्। यो हाम्रा लागि लज्जाको विषय हो।’
संसदमा इमरानले गरेको यो भाषण पाकिस्तानभित्रै पनि निक्कै आलोचित भएको छ।
पाकिस्तान मुस्लिम लिगका वरिष्ठ नेता ख्वाजा आसिफले एउटा आतंककारीलाई शहीदको दर्जा दिएर इमरानले ठूलो गल्ती गरेको बताए। ‛इमरान खानले ओसामा बिन लादेनलाई शहीदको दर्जा दिए। बिन लादेनले हाम्रो भूमिमा आतंकवाद भित्र्याए। उनी एउटा आतंककारीमात्र थिए। त्यस्ता आतंककारीलाई प्रधानमन्त्रीले शहीद भन्ने ?’, आसिफले प्रश्न गरेका छन्।
पाकिस्तानी पत्रिका डनको अनलाइन संस्करणमा उल्लेख भएअनुसार पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जार्दारीले बिहीबारै इमरानलाई ‘राष्ट्रिय सुरक्षामा चुनौति’ भन्दै आलोचना गरेका छन्।
‛ओसामा बिन लादेनलाई शहीदको दर्जा दिएर इमरान खानले आफूलाई राष्ट्रिय सुरक्षामा चुनौतीको रुपमा उभ्याएका छन्। यदी बिन लादेन शहीद हुन् भने अल कायदाको आक्रमणमा मारिएका ति हाम्रा निर्दोष नागरिक र सुरक्षाकर्मीलाई के भन्ने ? अल कायदाको आक्रमणमा हजारौं पाकिस्तानी नागरिक र युवाहरू शहीद भएका छन्’, बिलावल भुट्टोले इमरानको भाषणको प्रतिक्रियामा भनेका छन्।
" /> काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ओसामा बिन लादेनलाई शहीद भनेको विषयले अहिले पाकिस्तानको राजनीति तातेको छ।अमेरिकासँग पाकिस्तानको सम्बन्धको विषयमा संसदमा बोल्दै इमरानले भनेका थिए, ‛अमेरिकीहरू अबोटाबादमा आए र ओसामा बिन लादेनलाई शहीद बनाए। त्यसपछि सम्पूर्ण विश्वमा हाम्राबारे गलत कुराहरू भए। हाम्रो सहयोगी मुलुक यहीँ आएर कसैलाई मार्छ, तर हामीलाई थाहासमेत दिँदैन। जवकी उनीहरूको लडाइँका लागि ७० हजार पाकिस्तानी मारिएका छन्। यो हाम्रा लागि लज्जाको विषय हो।’

">