काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषधसहित पाँचजना पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
काठमाडाैं महानगरपालिका-३२ बस्ने ३६ वर्षीय एलिसन बस्नेत, पेप्सीकोला बस्ने ४३ वर्षीय सन्तोषकुमार शाह, नक्साल बस्ने ४८ वर्षीय भुपेश शेरचन, ज्ञानेश्वर बस्ने ४८ वर्षीय अभिनास थपलियालाई लागूऔषध कारोबारको योजना बनाइरहेको अवस्थामा मनोद्धिपक लागूऔषधसहित पक्राउ गरेको हो।
उनीहरूलाई ब्यूरोले सार्वजनिक गरेको छ। उनीहरूको साथबाट डाइलेक्स बोत्तल ६६० थान, नाईट्राभेट ११ सय ४० ट्याब्लेट, नगद एक लाख रुपैयाँ बरामद गरेको छ।
त्यस्तै उनीहरूलाई सहयोग गरेको आरोपमा प्रहरी निरीक्षक रूद्रबहादुर शाहीसमेत पक्राउ परेका छन्। उनको साथबाट पनि ब्यूरोको टोलीले लागूऔषध बरामद गरेको छ। पक्राउ परेका सबैलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ।
" /> काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषधसहित पाँचजना पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।काठमाडाैं महानगरपालिका-३२ बस्ने ३६ वर्षीय एलिसन बस्नेत, पेप्सीकोला बस्ने ४३ वर्षीय सन्तोषकुमार शाह, नक्साल बस्ने ४८ वर्षीय भुपेश शेरचन, ज्ञानेश्वर बस्ने ४८ वर्षीय अभिनास थपलियालाई लागूऔषध कारोबारको योजना बनाइरहेको अवस्थामा मनोद्धिपक लागूऔषधसहित पक्राउ गरेको हो।

">