आईतबार, फागुन १०, २०८२
काठमाठौं। चौरजहारी घटनामा जिल्ला अदालत रूकुम पश्चिमले धरौटीमा रिहा गर्न आदेश दिएकी किशोरीकी आमा पनि पूर्पक्षका लागि थुनामा गएकी छिन्।
अदालतले माग गरेको धरौटी रकम बुझाउन नसकेपछि उनी पनि कारागार चलान भएको रूकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए। उक्त घटनाको प्रारम्भिक सुनुवाइका क्रममा हिजो अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा र किशोरीकी आमालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
किशोरीसहितका एक किशोरलाई सुधारगृहमा पठाइसकिएको छ भने तीनजनालाई साधारण तारेखमा छाडिएको छ। न्यायाधीश विद्याराज पौडेलको इजलासले इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दलाई साधारण तारेखमा छाडेको छ।
जेठ १० मा कालीकोटका नवराज विकसहित ६ जना रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा नवराजकी प्रेमिका लिन गएको समयमा हत्या भएको थियो।