काठमाडौं। ओखलढुंगाको लिखु गाउँपालिकामा आज विहान भएको एम्बुलेन्समा दुर्घटनामा चालकको मृत्यु भएको छ।
विरामी लिन जाँदै गरेको लिखु गाउँपालिकाको एम्बुलेन्स कात्तिके भिरमा सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो। दुर्घटनामा एम्बुलेन्सका चालक सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक चालक सोही गाउँपालिकाका बासिन्दा थिए।
यसैबीच आजै विहान कपिलबस्तु र मोरङमा चट्याङ लागेर एक-एक जनाको मृत्यु भएको छ। कपिलबस्तुको शिवराज नगरपालिकाका ४५ वर्षीय सत्यनारायण कुर्मी रोपाई गर्न खेतमा गएको बेला चट्याङ लागेर घाइते भएका थिए। उपचारका लागि चन्द्रौटास्थित संजिवनी अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।
उता मोरङको सुनवर्सी नगरपालिकास्थित रमनपुरमा ७० वर्षे महादेवलाल दासको चट्याङ लागेर मृत्यु भएको हो। उनलाई पनि खेतमा धान रोपाइ गर्दै गर्दा चट्याङ लागेको थियो।