काठमाडौं। संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
हुम्लाको नाम्खा गाउँपालिका निवासी कुञ्चोकछिरिङ तामाङलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।
बौद्धमा बसोबास गर्ने ५० वर्षीय तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले सिमलटारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
२०६२ सालमा रसुवाको तत्कालीन स्याफ्रु गाविसमा पाटे बाघको पाँच थान छाला, ओतको ३६ थान छाला, चितुवाको छाला २३८ थान तथा बाघको हाडलगायत संरक्षित वन्यजन्तुका अंगसहित पाँच जना पक्राउ परेका थिए। पक्राउ परेका पाँचै जना दोषी ठहर भई कैद भुक्तान गरे पनि मुख्य अभियुक्त मानिएका तामाङ त्यही बेलादेखि फरार थिए।
वन्यजन्तुसम्बन्धि विभिन्न अपराधमा संलग्न तामाङ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो तथा इन्टरपोलको समेत सर्वाधिक खोजी सूचीमा रहेका अभियुक्त हुन्। उनलाई लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।हुम्लाको नाम्खा गाउँपालिका निवासी कुञ्चोकछिरिङ तामाङलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।

">