काठमाडौं। सुनसरीको धरानबाट गएराति प्रहरीले अवैध हातहतियारसहित एक युवालाई पक्राउ गरेको छ। धनकुटा शहिदभूमि गाउँपालिकाका स्थायी वासिन्दा २७ वर्षे रोशन राईलाई प्रहरीले गएराति धरानबाट एकथान अटोमेटिक पेस्तोल, म्यागजिन र म्यागजिनमा लोड भएको ३ राउन्ड गोलीसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका राईबाट प्रहरीले दुई थान मोबाइल र ६ थान सिम कार्ड पनि बरामद गरेको छ। प्रदेश नम्बर एकको क्षेत्रीय प्रहरी अनुसन्धान समूह र धरान इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा धरान उपमहानगरपालिका-१५ स्थित् एक घरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
राईलाई पक्राउ गरिएपछि सोही नगरपालिकाको रामहंश मार्गमा पार्किङ गरेको उनको मोटरसाइकलको सिटमुनिबाट अवैध हतियार, मोबाइल तथा सिम कार्ड फेला पारिएको प्रहरीले जनाएको छ। उनीमाथि हातहतियार खरखजाना मुद्दामा अनुसन्धान भइरहेको छ।
" /> काठमाडौं। सुनसरीको धरानबाट गएराति प्रहरीले अवैध हातहतियारसहित एक युवालाई पक्राउ गरेको छ। धनकुटा शहिदभूमि गाउँपालिकाका स्थायी वासिन्दा २७ वर्षे रोशन राईलाई प्रहरीले गएराति धरानबाट एकथान अटोमेटिक पेस्तोल, म्यागजिन र म्यागजिनमा लोड भएको ३ राउन्ड गोलीसहित पक्राउ गरेको जनाएको छ।पक्राउ परेका राईबाट प्रहरीले दुई थान मोबाइल र ६ थान सिम कार्ड पनि बरामद गरेको छ। प्रदेश नम्बर एकको क्षेत्रीय प्रहरी अनुसन्धान समूह र धरान इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा धरान उपमहानगरपालिका-१५ स्थित् एक घरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
राईलाई पक्राउ गरिएपछि सोही नगरपालिकाको रामहंश मार्गमा पार्किङ गरेको उनको मोटरसाइकलको सिटमुनिबाट अवैध हतियार, मोबाइल तथा सिम कार्ड फेला पारिएको प्रहरीले जनाएको छ। उनीमाथि हातहतियार खरखजाना मुद्दामा अनुसन्धान भइरहेको छ।
">