आज चेल्सीले लिभरपुलको उपाधि पक्का गर्ला त?
काठमाडौं। चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई आतिथ्यता प्रदान गर्ने खेलसँगै इङ्लिस प्रिमियर लिगमा ३१औं चरणका खेल समाप्त हुनेछन्।
स्टामफोर्ड ब्रिजमा हुने खेलमा चौथो स्थानको चेल्सीले सिटीलाई हरायाे भने आजै प्रिमियर लिगको विजेता टुंगो लाग्नेछ।
लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको उपाधि अर्को खेलसम्म रोक्नका लागि पनि सिटीलाई आज हार्ने छुट छैन। मतलब, आज चेल्सीले लिभरपुलको उपाधि पक्का गरिदिन सक्छ। सन् १९९० पछि लिभरपुल पहिलोपटक लिग उपाधि नजिक छ। आज चेल्सीले जित्यो भने लिभरपुलको उपाधि पक्का हुनेछ। अन्यथा लिभरपुलले अर्को खेलसम्म कुर्नु पर्नेछ।
उपाधि दौड लगभग टुंगिसके पनि चौथो स्थानको प्रतिस्पर्धा भने रोमाञ्चक बनिरहेको छ। चेल्सी चौथो स्थान पक्का गर्न संघर्ष गरिरहेको छ।
यसअघि पनि चेल्सीले अरू टाेलीको उपाधि पक्का गरिदिएकाे उदाहरण छ। २०१६ मा चेल्सीले घरेलु मैदानमा टोटेनह्यामलाई २-२ को बराबरीमा रोकिदिएपछि लेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो। लेस्टरले उपाधि जित्नु इङ्लिस प्रिमियर लिग इतिहासकै अप्रत्यासित घटना थियो।
उपाधि दौड लगभग टुंगिसके पनि चौथो स्थानको प्रतिस्पर्धा भने रोमाञ्चक बनिरहेको छ। चेल्सी चौथो स्थान पक्का गर्न संघर्ष गरिरहेको छ। चेल्सी अहिले पाँचौं र छैटौं स्थानको म्यानचेस्टर युनाइटेड तथा उल्भरह्याम्पटनभन्दा दुई अंकले अगाडि छ। एक खेल कम खेलेको चेल्सीको ५१ अंक छ भने युनाइटेड र उल्भरह्याम्पटनको समान ४९ अंक छ।
काेभिड-१९ महामारीका कारण लिग स्थगित भएर पुनः शुरू भएपछि सिटीले पहिलो खेलमा आर्सनललाई ३-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बर्नलीमाथि ५-० को विजय हासिल गरेको थियो। चेल्सीले भने एस्टन भिल्लाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै २-१ को नतिजा निकालेको थियो।
रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको वाटफोर्टका लागि पनि आजको खेल महत्त्वपूर्ण हुनेछ। एक खेल खेलेको वाटफोर्ड रेलिगेसन क्षेत्रको बर्नमाउथ र एस्टनभिल्ला एक स्थान माथि छ। आज वाटफोर्डले १२औं स्थानको बर्नलीलाई पराजित गरे रेलिगेसन क्षेत्रभन्दा चार अंकले माथि रहनेछ। त्यस्तै आज आर्सनलले साउथह्याम्पटनविरुद्ध खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्