शुक्रबार, पुस ११, २०८२
काठमाडौं। उपत्यकामा नाै जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौं र भक्तपुरमा ४/४ जना र ललितपुरमा एक जना संक्रमित थपिएका हुन्।
काठमाडौंमा दुई महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, तीन पुरुष र ललितपुरमा एक पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला र दुई पुरुष गरी चार जनामा काेराेना संक्रमण पुष्टि भएका हुन्। त्यस्तै ललितपुरका एक पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला र तीन पुरुषमा कोरोना पोजिटिभ देखिएको छ।
">