कैलाली। सुदूरपश्चिम प्रदेशमा आज ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, सुर्खेत प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा कैलालीका दुई, कञ्चनपुरका ५९, अछामका १३, बैतडीका एक, बझाङका १६, बाजुराका चार र डडेल्धुराका १२ जनामा कोरोना पुष्टि भएको हो। यस्तै, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परीक्षणमा बझाङका दुई, कैलाली, बैतडी, दार्चुलाका एक/एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा बाजुराका चार जना, बैतडी र कञ्चनपुरका एक/एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए। प्रादेशिक अस्पताल सुदूरपश्चिमको प्रयोगशालामा गरिएको परीक्षणमा भने पछिल्लो २४ घण्टामा कुनैमा संक्रमण नदेखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। उनले पछिल्लो २४ घण्टामा १८३ जनाको परीक्षण भएकोमा कसैमा पनि संक्रमण पुष्टि नभएको बताए।
योसँगै सुदूरपश्चिम प्रदेशमा आज सम्ममा एक हजार ६५० जनामा कोरोना संक्रमित पुष्टि भएको छ। जसमा कैलालीमा ५१७ कञ्चनपुरमा २६२, डडेलधुरामा २१८, डोटीमा १९०, अछाममा १०५, बाजुरामा १०७, बैतडीमा १७९, बझाङमा ५८ र दार्चुलामा १४ जना कोरोना संक्रमित रहेका छन। कोरोना पुष्टि भएका मध्ये पाँच जनाको मृत्यु भईसकेको छ जसमा ४ जनाको मृत्यु पश्चात र एकजनाको उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, सुर्खेत प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा कैलालीका दुई, कञ्चनपुरका ५९, अछामका १३, बैतडीका एक, बझाङका १६, बाजुराका चार र डडेल्धुराका १२ जनामा कोरोना पुष्टि भएको हो। यस्तै, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परीक्षणमा बझाङका दुई, कैलाली, बैतडी, दार्चुलाका एक/एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

">