काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गौतमले स्याङ्जा र ललितपुरका एक/एक जना पुरुषको मृत्यु भएको बताए।
उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षेत्रीय अस्पतालको भेन्टिलेटरमा उपचाररत स्याङ्जाको आँधीखोला-१ का ५५ वर्षीय पुरुषको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो। मधुमेह लगायतका समस्या भएका उनी फेवा सिटी अस्पतालमा भर्ना भएका थिए। कोभिड–१९ पोजिटिभ देखिएपछि उनलाई ८ असारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो।
८ असारमा आईसीयूमा भर्ना भएका ती व्यक्ति कोभिड–१९ को साथै सिभियर निमोनिया र डाइबेटिज मेलिटस टाइप २ बाट ग्रसित भएका प्रतिष्ठानले जनाएको छ।
यसैबीच, लतिलपुरको महालक्ष्मी नगरपालिका–५ का एक पुरुषको पनि कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा‍. गौतमले बताए। पाँच महीनाअघि मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरेका उनी स्वास्थ्यमा समस्या आएपछि सोही अस्पताल भर्ना भएका थिए।
स्वास्थ्य जटिल बनेपछि नर्भिक अस्पतालमा भर्ना भएका उनमा कोभिड–१९ पुष्टि भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो। पाटन अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनको आज बिहान मृत्यु भएको मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. गौतमले बताए। योसहित नेपालमा कोभिड–१९ बाट निधन हुनेको संख्या २६ पुगेको छ।
" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गौतमले स्याङ्जा र ललितपुरका एक/एक जना पुरुषको मृत्यु भएको बताए।
उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षेत्रीय अस्पतालको भेन्टिलेटरमा उपचाररत स्याङ्जाको आँधीखोला-१ का ५५ वर्षीय पुरुषको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो। मधुमेह लगायतका समस्या भएका उनी फेवा सिटी अस्पतालमा भर्ना भएका थिए। कोभिड–१९ पोजिटिभ देखिएपछि उनलाई ८ असारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो।
८ असारमा आईसीयूमा भर्ना भएका ती व्यक्ति कोभिड–१९ को साथै सिभियर निमोनिया र डाइबेटिज मेलिटस टाइप २ बाट ग्रसित भएका प्रतिष्ठानले जनाएको छ।
यसैबीच, लतिलपुरको महालक्ष्मी नगरपालिका–५ का एक पुरुषको पनि कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा‍. गौतमले बताए। पाँच महीनाअघि मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरेका उनी स्वास्थ्यमा समस्या आएपछि सोही अस्पताल भर्ना भएका थिए।
स्वास्थ्य जटिल बनेपछि नर्भिक अस्पतालमा भर्ना भएका उनमा कोभिड–१९ पुष्टि भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो। पाटन अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनको आज बिहान मृत्यु भएको मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. गौतमले बताए। योसहित नेपालमा कोभिड–१९ बाट निधन हुनेको संख्या २६ पुगेको छ।
"> कोभिड-१९ बाट नेपालमा थप दुई जनाको मृत्यु: Dekhapadhi
कोभिड-१९ बाट नेपालमा थप दुई जनाको मृत्यु
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गौतमले स्याङ्जा र ललितपुरका एक/एक जना पुरुषको मृत्यु भएको बताए।
उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षेत्रीय अस्पतालको भेन्टिलेटरमा उपचाररत स्याङ्जाको आँधीखोला-१ का ५५ वर्षीय पुरुषको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो। मधुमेह लगायतका समस्या भएका उनी फेवा सिटी अस्पतालमा भर्ना भएका थिए। कोभिड–१९ पोजिटिभ देखिएपछि उनलाई ८ असारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो।
८ असारमा आईसीयूमा भर्ना भएका ती व्यक्ति कोभिड–१९ को साथै सिभियर निमोनिया र डाइबेटिज मेलिटस टाइप २ बाट ग्रसित भएका प्रतिष्ठानले जनाएको छ।
स्वास्थ्य जटिल बनेपछि नर्भिक अस्पतालमा भर्ना भएका उनमा कोभिड–१९ पुष्टि भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो। पाटन अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनको आज बिहान मृत्यु भएको मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. गौतमले बताए। योसहित नेपालमा कोभिड–१९ बाट निधन हुनेको संख्या २६ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्